टिपरसँग मोटरसाइकल जुध्दा बुद्धशान्तिका पौडेलको ज्यान गयो

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २८ माघ, २०८०
३ वर्षअघि

झापा । झापाको बुद्धशान्ति गाउँपालिकामा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापाको बुद्धशान्ति-३ बस्ने २३ वर्षीय रामकृष्ण पौडेलको मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।

Advertisement

झापा प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ढुण्डीराज गिरिका अनुसार शनिबार साँझ ६ः४५ बजेतिर बुद्धशान्ति-३ सात नम्बर चोकमा दुर्घटना भएको थियो ।

मेची राजमार्गअन्तर्गत चारआलीबाट बुधबारेतर्फ जाँदै गरेको मे ११ प ३१४९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६४२८ नम्बरको टिपर एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा दाहिने हात र छातीमा चोट लागेर घाइते भएका पौडेलको उपचारका क्रममा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा साँझ सवा ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैगरी, सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँ बस्ने वर्ष अन्दाजी २१ वर्षीया लीला गौतम भने गम्भीर घाइते भएकी छन् ।

शरीरको विभिन्न भागमा चोट लागेकी उनको बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि टिपर चालक फरार बनेका थिए ।

राति १०:४० बजेतिर भोजपुरको भोजपुर नगरपालिका-६ घर भई हाल भद्रपुर नगरपालिका-३ बस्दै आएका अन्दाजी ४० वर्षीय डम्बरबहादुर प्रधान आफैं ईप्रका धुलावारी झापाको सम्पर्कमा आएका थिए ।

उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले मोटरसाइकल चालकको लापरबाहीका कारण दुर्घटना भएको देखाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०