युवा नवउद्यमीलाई पुरस्कृत गर्दै प्रदेश सरकार, यसरी दिन सकिन्छ आवेदन (तरिकासहित)

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार २६ माघ, २०८०
३ वर्षअघि

विराटनगर । कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयले युवा नवउद्यमीलाई पुरस्कृत गर्ने भएको छ ।

शुक्रबार सूचना प्रकाशन गर्दै सामाजिक विकास मन्त्रालयअन्तर्गत शिक्षा, युवा तथा खेलकुद महाशाखाले नवउद्यमीलाई पुरस्कृत गर्नका लागि आह्वान मागेको हो ।

Advertisement

महाशाखा प्रमुख फणिन्द्र खत्रीका अनुसार नवउद्यमी युवा प्रतिभा प्रोत्साहनका लागि व्यवसायिक प्रोफायल पेस गर्न सूचना प्रकाशित गरिएको हो ।

आर्थिक वर्ष २०८०/८१ को राष्ट्रिय युवा परिषद (संघ सशर्त ) कार्यक्रमअन्तर्गत नवउद्यमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रम सञ्चालन गर्न आँटिएको हो ।

कोशी प्रदेशभित्र उद्यम गरिरहेका १६ देखि ४० वर्षका योग्यता पूरा भएका नवउद्यमी युवाहरूले सूचना प्रकाशन भएको ३० दिनभित्र आवश्यक कागजातसहितको विस्तृत व्यवसायिक प्रोफायल पेस गर्न सक्ने छन् ।

उद्यम सुरु भएको एक वर्ष पूरा भएको र पाँच वर्ष ननाघेको हुनुपर्ने महाशाखा प्रमुख खत्रीको भनाइ छ ।

उनका अनुसार लघु तथा घरेलु उद्यम र कृषिमा आधारित उद्यमलाई प्रतियोगितामा सहभागिताका लागि प्राथमिकता दिइने छ ।

अन्तिम मूल्यांकन गरी उत्कृष्ट तीन युवा उद्यमी छनोट गरिने छ ।

मन्त्रालयले उत्कृष्ट पहिलो हुने युवालाई एक लाख रुपैयाँ, दोस्रो हुनेलाई ७५ हजार र तेस्रो स्थान हासिल गर्ने युवालाई ५० हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्ने छ ।

यस्तै, मन्त्रालयले उत्कृष्ट तीन स्थान प्राप्त गर्ने युवाहरूलाई राष्ट्रिय युवा परिषद्ले आयोजना गर्ने राष्ट्रिय तहको नवउद्यमी युवा पहिचान तथा प्रोत्साहन कार्यक्रममा सहभागिताका लागि पठाउने छ ।

आवेदन पेस गर्न उद्यमसँग सम्बन्धित विस्तृत उद्यम प्रोफायल, उद्यमीको नागरिकताको प्रमाणपत्र प्रतिलिपि, उद्यम दर्ता र नवीकरणको प्रमाणपत्र प्रतिलिपी, पान दर्ता, लेखापरीक्षण प्रतिवेदन, स्थानीय तहको सिफारिस र उद्यमको कम्तिमा पाँच मिनेटको वर्णनात्मक भिडियो अनिवार्य चाहिने छ ।

थप विवरण सूचनामा हेर्नुहोस्:

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

शनिवार १ कार्तिक, २०८३
३ घण्टाअघि

दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका

शनिवार १ कार्तिक, २०८३
७ घण्टाअघि

रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै

शनिवार १ कार्तिक, २०८३
७ घण्टाअघि

गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन

शनिवार १ कार्तिक, २०८३
७ घण्टाअघि

मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा

शुक्रबार ३० असोज, २०८३
१ दिनअघि

अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर

शुक्रबार ३० असोज, २०८३
१ दिनअघि
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अन्तर्राष्ट्रिय सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो
शनिवार १ कार्तिक, २०८३
गगन थापाले ल्याए सबैभन्दा बढी मत, कांग्रेसका टप टेनमा को–को परे?
शनिवार १ कार्तिक, २०८३
दसैँका लागि तीन दिन खुल्ने भयो तातोपानी नाका
शनिवार १ कार्तिक, २०८३
रसुवाको बाढीपीडितलाई ३ अर्बसम्म सहायता दिन जलवायु कोषको आकस्मिक बैठक बस्दै
शनिवार १ कार्तिक, २०८३
गृहमन्त्री गुरुङद्वारा तलेजु भवानी र जीवित कुमारीको दर्शन
शनिवार १ कार्तिक, २०८३
मधेश प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
शुक्रबार ३० असोज, २०८३
अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा निजी कम्पनीलाई पनि अवसर
शुक्रबार ३० असोज, २०८३
व्यक्तिगत कमजोरीको दोष पार्टीलाई होइन, सम्बन्धित नेताले लिनुपर्छ : गगन थापा
शुक्रबार ३० असोज, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
शुक्रबार ३० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०