यसरी चर्कियो बागदरवार र सिंहदरवारबीचको विवाद

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २३ माघ, २०८०
१ वर्षअघि

काठमाडौं । सवारी पार्किङको ठुलो समस्या रहेको काठमाडौं महानगरपालिकाको मुख्य बजार क्षेत्र न्युरोडको पार्किङ व्यवस्थित गर्न महानगरले दुई साताअघि निर्माणाधीन धरहराको भूमिगत पार्किङ खुला गर्‍यो ।

महानगरपालिकाले न्युरोडलगायतका क्षेत्रमा जथाभावी रूपमा गरिँदै आएका पार्किङ बन्द गरेर धरहराको भूमिगत पार्किङ खोलेको थियो ।

साघुँरो न्युरोडमा जथाभावी भइरहेको पार्किङ निषेध गरेर महानगरले पुरानो बसपार्कमा बन्दै गरेको काठमाडौं टावरको बहुतले भवनमा पार्किङ गर्न भनेको थियो ।

तर, न्युरोडका व्यवसायीले उक्त पार्किङ क्षेत्र टाढा भएको भन्दै असहमति जनाएपछि महानगरले गत हप्ताबाट धरहराको भूमिगत पार्किङको एक तलामा पार्किङ खुलायो ।

नि:शुल्क रूपमा पार्किङ गर्न सक्नेगरी खुला गरिएको पार्किङबाट सुविधा पुगेको भन्दै धेरैले खुसी पनि व्यक्त गरे ।

तर, एकाएक तगारो बन्यो सहरी विकास मन्त्रालय । उसले सडकबाट पार्किङ हटाएर धरहराको भुइँ तलामा पार्किङ नि:शुल्क गरेको महानगरलाई धरहराबाट निर्माण चलिरहेकाले पार्किङ बन्द गर्नु भन्दै पत्र पठायो ।

निर्माणाधीन संरचनामा पार्किङ खुला गर्न खतरामुक्त नहुने भन्दै मन्त्रालयले गत साता उक्त पार्किङ बन्द गराउन पत्राचार गरेको थियो ।

त्यसयता, राज्यका यी दुई निकायबीच विवाद देखिएको छ ।

मन्त्रालय र निर्माण जिम्मा पाएको निर्माण व्यवसायीसँग समन्वय नै नगरी पार्किङ खुलाएको भन्दै मन्त्रालयले महानगरको ध्यानाकर्षण गराउदै पत्र लेखेपछि बागदरवार भनिने महानगरपालिका र सिंहदरवारबीच विवाद चुलिएको हो ।

मन्त्रालयले धरहराको निर्माण सम्पन्न नभइसकेकाले निःशुल्क पार्किङ रोक्न माघ १४ गते काठमाडौं महानगरपालिकालाई पत्र पठाएको थियो ।

मन्त्रालयको चिठी पाएपछि बालेनले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको पौने तीन वर्ष बित्दा धरहरा (सेतो टावर) को निर्माण पूरा नभएकोप्रति आक्रोश व्यक्त गरे ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजभन्दा २ वर्ष ९ महिना २० दिन अगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट ‘सेतो टावर’ उदघाटन भयो । ​राणाकालीन अवस्थामा भएको भए केपी ओली टावर भन्थे । तर केही दिनअगाडि त्यही ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, धरहरा निर्माण हुँदै छ । पार्किङ बन्द गर्नू ।’

उनले उद्घाटन गरेको दुई वर्ष नौ महिनापछि पनि बनाएर नसकी महानगरलाई लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो भनी प्रश्न गरेका छन् ।

महानगरपालिकाले पार्किङ सुरु गरेको धरहरा क्षेत्रको निर्माण मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईमार्फत भइरहेको छ ।

भूमिगत पार्किङमा भेन्टिलेसन लगायतका सुरक्षासंग जोडिएका महत्त्वपूर्ण काम बाँकी नै भएकाले मानवीय दृष्टिले जोखिमपूर्ण भएको भन्दै पार्किङ स्थगित गर्न पनि मन्त्रालयले भनेको छ ।

मन्त्रालयले तीन महिनाभित्र बाँकी सबै काम सक्ने पनि बताएको छ ।

तर पटकपटक म्याद थपेर पनि काम अलपत्र पारी समस्या बल्झाइरहेको भन्दै महानगरको नेतृत्वले सरकारसँग असन्तुष्टि व्यक्त गरिरहेको छ ।

दुवै निकायका अधिकारीले विवादलाई छलफल र सहमतिबाटै निकास दिएर आमनागरिकलाई सहजता दिन लागिरहेको बताएकाले अब चाँडै निकास निस्कने अपेक्षा भने गर्न सकिन्छ ।

प्रकाशित समय: मङ्गलबार २३ माघ, २०८०, २०:५२:४५

सम्बन्धित खबर

कामधेनु डेरीका एक सय किसानलाई बिना धितो दुई लाखसम्मको ऋण प्रदान गरिँदै

बुधबार ५ चैत, २०८१
२० घण्टाअघि

राजतन्त्र फर्किने-नफर्कने विषयमा के भन्छन् बाबुराम भट्टराई ?

बुधबार ५ चैत, २०८१
२० घण्टाअघि

चन्द्र ढकाललाई अर्को धक्का : पैदलयात्रीसँग रकम असुली गरेपछि चन्द्रागिरी हिल्सलाई यस्तो निर्देशन !

बुधबार ५ चैत, २०८१
१ दिनअघि

पूर्वराजाका कारण रोकिएको माओवादीको अभियान फेरि सुरु हुँदै

बुधबार ५ चैत, २०८१
१ दिनअघि

रमाइलो बहुमुखी क्याम्पसमा क्रान्तिकारीका अनिश कार्की विजयी

मङ्गलबार ४ चैत, २०८१
२ दिनअघि

ट्रकको क्याबिनमा ‘फुच्चे’ले लुकाएर ल्याएका थिए २५ करोड

मङ्गलबार ४ चैत, २०८१
२ दिनअघि
सिरहामा अंग्रेजीको प्रश्नपत्र आउट, सिडिओ भन्छन् : मोबाइलको जमाना छ, जे पनि हुन सक्छ
बिहिबार ६ चैत, २०८१
विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी
बिहिबार ६ चैत, २०८१
कामधेनु डेरीका एक सय किसानलाई बिना धितो दुई लाखसम्मको ऋण प्रदान गरिँदै
बुधबार ५ चैत, २०८१
आगोबाट बच्नलाई भाग्दै थिए एक वृद्ध, बारीको डिलबाट लडेर मृत्यु
बुधबार ५ चैत, २०८१
राजतन्त्र फर्किने-नफर्कने विषयमा के भन्छन् बाबुराम भट्टराई ?
बुधबार ५ चैत, २०८१
चन्द्र ढकाललाई अर्को धक्का : पैदलयात्रीसँग रकम असुली गरेपछि चन्द्रागिरी हिल्सलाई यस्तो निर्देशन !
बुधबार ५ चैत, २०८१
पूर्वराजाका कारण रोकिएको माओवादीको अभियान फेरि सुरु हुँदै
बुधबार ५ चैत, २०८१
मोरङमा अखिल क्रान्तिकारीको दबदबा : सातमध्ये चार वटामा विजयी
बुधबार ५ चैत, २०८१
रमाइलो बहुमुखी क्याम्पसमा क्रान्तिकारीका अनिश कार्की विजयी
मङ्गलबार ४ चैत, २०८१
ट्रकको क्याबिनमा ‘फुच्चे’ले लुकाएर ल्याएका थिए २५ करोड
मङ्गलबार ४ चैत, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०