विराटनगरमा नेपाल स्काउटको १८ सदस्यीय परिषद् चयन

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २३ माघ, २०८०
३ वर्षअघि

विराटनगर । नेपाल स्काउटको निर्वाचन २०८० को कार्यतालिकाबमोजिम तीनै तहको निर्वाचनअन्तर्गत कोशी प्रदेशका ४६ वटा तहको स्थानीय परिषद्को निर्वाचन भएको छ ।

एक सय ३७ वटा स्थानीय तह रहेको प्रदेशका ४६ वटा तहमा निर्वाचन भई स्थानीय परिषद् सदस्य चयनसमेत भएका छन् ।

जसअन्तर्गत विराटनगर महानगरपालिकामा नौ महिला र नौ पुरुष गरी १८ जना परिषद् सदस्य चयन भएका छन् ।

सोमबार विराटनगर निर्वाचन केन्द्र रहेका स्थानीय तहका स्थानीय परिषद् सदस्यहरूलाई एक समारोहबीच माला र टीका लगाएर निर्वाचित भएको घोषणा गरिएको हो ।

विराटनगर महानगरपालिका स्थानीय परिषदमा पुरुषतर्फ नवीन पहाडी, प्रह्लाद राजवंशी, राजकुमार देव, निश्चल श्रेष्ठ, भोजराज खनाल, मुकुन्दराज ढकाल, चन्द्रमोहन यादव, राजनारायण चौधरी र तुलसी घिमिरे चयन भएका छन् ।

महिलातर्फ भने विदिशा भट्टराई, पुष्पा तुलाधर, दीपशिखा ढकाल, सावित्रा निरौला, रमाकुमारी आचार्य रिजाल, खुश्बु घिमिरे रिजाल, कविता बराल, मनमाया रिजाल र शोभाकुमारी धमला चयन भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन हुन योग्य ४७ स्थानीय तहहरूमध्ये ४६ वटाको निर्वाचन सम्पन्न भएको नेपाल स्काउट प्रदेश समितिले जनाएको छ ।

तेह्रथुमको फेदाप गाउँपालिकामा निर्वाचनका लागि मनोनयन दर्ता नभएका कारण त्यहाँ स्थानीय परिषद् चयन हुन बाँकी रहेको जनाइएको छ ।

निर्वाचन हुन बाँकी रहेका स्थानीय तहहरूमा भने स्थानीय परिषद्को तदर्थ समिति गठन गर्दै स्काउटलाई प्रदेशभरी पुर्‍याउने लक्ष्य राखिएको नेपाल स्काउट कोशी प्रदेश समितिका संयोजक रवि खनालले जानकारी दिए ।

४७ वटा पालिकाको स्थानीय परिषद्को निर्वाचनका लागि विराटनगर, बिर्तामोड, धरान, संखुवासभाको मकालु गाउँपालिका र खाँदवारी नगरपालिकामा केन्द्र तोकिएको थियो ।

जसमध्ये इटहरी र धरान उपमहानगरपालिका, विर्तामोड र शिवसताक्षी नगरपालिकामा भने स्थानीय परिषद् चयनका लागि निर्वाचन नै भएको हो ।

विराटनगर महानगरपालिका, सुन्दरहरैंचा नगरपालिका, ग्रामथान गाउँपालिका, बर्जु गाउँपालिका लगायतका स्थानीय तहमा निर्वाचित भएका परिषद् सदस्यहरूलाई निर्वाचन समिति अधिकृत अधिवक्ता महेन्द्रप्रसाद वस्तीले प्रमाणपत्र प्रदान गरेका हुन् ।

स्थानीय परिषद् सदस्यहरू मध्येबाट सम्बन्धित स्थानीय तहको प्रमुखले एकजना स्थानीय आयुक्त तोकेपछि परिषद्ले पूर्णता पाउने जनाइएको छ ।

तोकिएको आयुक्तले आफ्नो कार्यसमिति चयन गर्ने स्काउटको नियम रहेको छ । स्थानीय परिषद्को कार्यकाल ४ वर्षको रहेको छ ।

नेपाल स्काउटमा कोशी प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचनका लागि कुल पाँच सय ४५ मतदाता रहेको प्रदेश संयोजक खनालले बताए ।

कोशी प्रदेशमा मात्रै २० हजार बढी स्काउट सदस्य रहेको उनको भनाइ छ ।

प्रकाशित समय: मङ्गलबार २३ माघ, २०८०, ०७:५६:३७

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
४ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०