ग्रामथानमा तीव्र गतिको स्कुटरले ठक्कर दिँदा वृद्धाको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २३ माघ, २०८०
१२ महिनाअघि
फाइल फोटो

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका तीव्र गतिको स्कुटरले ठक्कर दिँदा वृद्धाको मृत्यु भएको छ ।

सोमबार बेलुका ७:५० बजेतिर ग्रामथान-५ ककरमाडीमा भएको दुर्घटनामा सोही ठाउँकी ६५ वर्षीया रुशनीदेवी चौधरीको मृत्यु भएको हो ।

घिनाघाट सडकखण्डमा हरैंचाबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १-०२-०४७ प ५२२२ नम्बरको स्कुटरले पूर्वबाट पश्चिमतर्फ बाटो क्रस गर्दैगरेकी चौधरीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा चौधरीको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पुर्‍याइएकोमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

कोशी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीका अनुसार तीव्र गतिमा रहेका कारण दुर्घटना भएको हो ।

स्कुटर चालक ग्रामथान-७ का ३१ वर्षीय भाइराजा सरदार पनि घाइते छन् । उनको टाउको, निधारमा चोट लागेको छ ।

अवस्था सामान्य रहेका उनको प्रहरीको निगरानीमा विराट नर्सिङ अस्पतालमा उपचार भइरहेको छ ।

स्कुटर भने प्रहरी चौकी तेतरियाको नियन्त्रणमा रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित समय: मङ्गलबार २३ माघ, २०८०, ०७:२०:५२
खेलकुद महासंघ मोरङ अध्यक्षमा राय, उपाध्यक्ष बने रिक्की
शनिवार ५ माघ, २०८१
कोशीका पूर्वमुख्यमन्त्री थापा झापामा कुटिए, देब्रे आँखामाथि चोट
शनिवार ५ माघ, २०८१
भीम रावललाई गृहजिल्लामा बाजाजागासहित स्वागत
शनिवार ५ माघ, २०८१
किएभमा रुसी आक्रमण, चार जनाको मृत्यु
शनिवार ५ माघ, २०८१
१६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाइँदै
शनिवार ५ माघ, २०८१
इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या
शनिवार ५ माघ, २०८१
प्रचण्डको दाबी- अबको निर्वाचनमा माओवादी पहिलो दल बन्छ
शनिवार ५ माघ, २०८१
यू-१९ महिला टी२० विश्‍वकपको पहिलो खेलमा नेपाल पराजित
शनिवार ५ माघ, २०८१
बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
शनिवार ५ माघ, २०८१
इनरुवामा निःशुल्क स्वास्थ्य शिविर, २४० जना लाभान्वित
शनिवार ५ माघ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०