ग्रामथानमा तीव्र गतिको स्कुटरले ठक्कर दिँदा वृद्धाको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २३ माघ, २०८०
३ वर्षअघि
फाइल फोटो

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका तीव्र गतिको स्कुटरले ठक्कर दिँदा वृद्धाको मृत्यु भएको छ ।

सोमबार बेलुका ७:५० बजेतिर ग्रामथान-५ ककरमाडीमा भएको दुर्घटनामा सोही ठाउँकी ६५ वर्षीया रुशनीदेवी चौधरीको मृत्यु भएको हो ।

Advertisement

घिनाघाट सडकखण्डमा हरैंचाबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १-०२-०४७ प ५२२२ नम्बरको स्कुटरले पूर्वबाट पश्चिमतर्फ बाटो क्रस गर्दैगरेकी चौधरीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा चौधरीको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम पुर्‍याइएकोमा उपचारका क्रममा मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

कोशी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीका अनुसार तीव्र गतिमा रहेका कारण दुर्घटना भएको हो ।

स्कुटर चालक ग्रामथान-७ का ३१ वर्षीय भाइराजा सरदार पनि घाइते छन् । उनको टाउको, निधारमा चोट लागेको छ ।

अवस्था सामान्य रहेका उनको प्रहरीको निगरानीमा विराट नर्सिङ अस्पतालमा उपचार भइरहेको छ ।

स्कुटर भने प्रहरी चौकी तेतरियाको नियन्त्रणमा रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०