कानेपोखरीमा दुई भयानक दुर्घटना : एक जनाको मृत्यु, आमा-छोरा घाइते

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २१ माघ, २०८०
३ वर्षअघि

कानेपोखरी । मोरङको कानेपोखरमा शनिबार भएका दुई सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

गए राति ९:२० बजे  पूर्व–पश्चिम लोकमार्गअन्तर्गत कानेपोखरी-७ मा टाटा पिकअप गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

Advertisement

मृतकको पहिचान भने खुलेको छैन ।

झापाबाट इटहरीतर्फ आउँदै गरेको प्र ३-०१-०२४ च ७३७७ नम्बरको टाटा पिकअप गाडीले जंगल क्षेत्रमा ती महिलालाई ठक्कर दिएको थियो ।

सोही स्थानमा पैदल हिँडिरहेकी अन्दाजी ४०/४५ वर्षीया उनलाई गाडीले ठक्कर दिएको थियो ।

दुर्घटनामा उनको टाउकोमा चोट लागेपछि उर्लाबारीस्थित मदन भण्डारी अस्पताल तथा
ट्रमा सेन्टर पठाइएको थियो ।

अस्पताल पुर्‍याउनासाथ उनलाई अस्पताल प्रशासनले ११ बजेतिर मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

शवलाई पोस्टमार्टमका लागि सोही अस्पतालमा राखेर मृतकको पहिचानको प्रयास भइरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक गणेश श्रेष्ठले बताए ।

डिएसपी श्रेष्ठका अनुसार पिकअप र चालक सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ का ४५ वर्षीय मिलनकुमार राईलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको छ ।

पिकअपको तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

यस्तै, शनिबार साँझ साढे ६ बजेतिर कानेपोखरी-६ रमाइलो बजारमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई दुर्घटना भएको थियो ।

कानेपोखरी-रंगेलीस्थित सडकखण्डमा कानेपोखरीबाट रंगेलीतर्फ जाँदै गरेको बा ४३ प ५०८४ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेका आमा-छोरालाई ठक्कर दिएको थियो ।

तत्काल नामथर नखुलेको अन्दाजी २५/३० वर्षकी महिला र उनकै छोरा अन्दाजी पाँच वर्षीया बालकलाई मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका दुवै जनलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको पथरी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार महिलाको पेटमा चोट लागेको छ भने बालकको शरीरको विभिन्न भागमा चोट लागेको छ ।

बालकको अवस्था भने गम्भीर रहेको प्रहरीको भनाइ छ ।

प्रहरी चौकी रमाइलोले मोटरसाइकल र मोटरसाइकल चालक कानेपोखरी-३ बस्ने ५० वर्षीय अछुतप्रसाद
दाहाललाई नियन्त्रणमा लिएको छ ।

मोटरसाइकल चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०