यी तिम्ल्याहा दिदीबहिनी, जो आमाको सपना पूरा गर्न नर्सिङ पढ्दैछन्

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २१ माघ, २०८०
३ वर्षअघि

विराटनगर । एकैपटकमा तिम्ल्याहा सन्तान जन्मिएको समाचार अब नौलो रहेन । तर, तिनै तिम्ल्याहाले पूर्वप्राथमिकदेखि स्नातक तहसम्म एउटै विषय अध्ययन गरेको समाचार भने सबैका लागि रोचक हुन सक्छ ।

बारा जिल्लाको बिकट गाउँमा एकै कोखबाट एकै पटक जन्मिएका तिम्ल्याहा दिदीबहिनी लबिबा खातुन, अतिका खातुन र सबिका खातुन अहिले नर्सिङको स्नातक तहमा अध्ययनरत छन् ।

लबिबा महाराजगन्जस्थित इन्स्टिच्युट अफ मेडिसिन (आइओएम), सबिका धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र अतिका पोखरा नर्सिङ क्याम्पसमा भर्ना भएकी छन् ।

उनीहरूले गत वर्ष चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षामा सहभागी भई छात्रवृत्तिमा नाम निकालेका हुन् ।

लबिबा, अतिका र सबिका जन्मिएदेखि अहिले अध्ययनसम्म सँगसँगै छन् । उनीहरू जन्मँदा मात्रै हैन, पढाइमा पनि कक्षा १ देखि नै सँगसँगै छन् ।

उनीहरूका एउटा भाइ पनि छन् । बाबा मस्जिदमा पढाउँछन् । सामाजिक काममा पनि संलग्न छन् ।

२०६२ चैत १६ गते वीरगन्जमा जन्मिनुभएका उनीहरूबीच पढाइमा सानैदेखि प्रतिस्पर्धा नै चल्थ्यो ।

प्राथमिक तहसम्म त उहाँहरूसँग प्रथम, द्वितीय र तृतीय स्थानका लागि अन्य विद्यार्थीले प्रतिस्पर्धा गर्न सक्दैनथे ।

उनीहरूले माध्यमिक तहसम्म फरक स्थानका विद्यालयमा अध्ययन गरे ।

‘बाबु सरुवा भएर जता जानुहुन्थ्यो हामीलाई पनि त्यतै लैजानुहुन्थ्यो । त्यही भएर स्कुल पनि परिवर्तन भइरहन्थ्यो,’ तिम्ल्याहामध्येकी अतिकाले भनिन् ।

समिन अहमद र सबिला खातुनका तिम्ल्याहा सन्तान कक्षा १ देखि ५ सम्म काठमाडौँको सिनामंगलस्थित गुह्येश्वरी माध्यमिक विद्यालयमा पढेका थिए ।

पढाइमा अब्बल भएकै कारण उनीहरू कक्षा ६ नपढी इटहरीको कञ्चनजंघा बोर्डिङ स्कुलमा भर्ना भए ।

पर्साको विन्ध्यवासिनी गाउँपालिका–५, निवासी समिन अहमद मस्जिदमा नमाज पढाउने शिक्षक हुन् । यसैले गर्दा उहाँको बेलाबेलामा सरुवा भइरहन्थ्यो ।

उनीहरूले कञ्चनजंघामा कक्षा ७ र ८ पढेपछि काठमाडौँको शिवपुरी माध्यमिक विद्यालयमा कक्षा ९ र १० पूरा गरे ।

२०७७ सालमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका उनीहरूले समान ग्रेड अर्थात् ३.९ जिपिए प्राप्त गरेका थिए ।

उनीहरूले कक्षा ११ र १२ त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयबाट पूरा गर्नुभएको थियो ।

विविध कारणले कक्षा १२ सम्म अध्ययन गर्न पाएकी आमा सबिला खातुनलाई पनि नर्सिङ अध्ययन गर्ने इच्छा थियो ।

तर, विविध कारणले गर्दा उनले त्यो पूरा गर्न पाइनन् । तर, आफ्नो सपना छोरीहरूले पूरा गर्न लागेकामा खुसी छिन् ।

आमा सबिलाले साबिकको एसएलसी परीक्षा दिँदै गर्दा तेस्रो दिन तिम्ल्याहा छोरीलाई जन्म दिएकी थिइन् ।

छोरीहरूको जन्मपछि उनी थप विषयको परीक्षा दिन बञ्चित भइन् र बल्ल अर्को वर्ष एसएलसी परीक्षा उत्तीर्ण भइन् ।

मनभरि पढ्ने रहर हुँदाहुँदै पनि पढ्न नपाएकी उनले आफ्ना छोरीहरूबाट आफ्नो सपना पूरा गर्ने प्रयत्न गरी रहेकी छिन् ।

तिम्ल्याहा पनि आमाकै सपना पूरा गर्ने उद्देश्यका साथ जोडतोडले पढिरहेका छन् ।

उनी भन्छिन्, ‘मेरो पनि चाहना त चिकित्सा क्षेत्रमै जाने थियो । विविध कारणले मेरो इच्छा पूरा भएन । मेरो इच्छा छोरीहरूले पूरा गर्दै छन्, खुसी लागेको छ ।’

प्रकाशित समय: आईतबार २१ माघ, २०८०, ०७:३८:४०

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
४ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०