मोरङमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २० माघ, २०८०
३ वर्षअघि

विराटनगर । मोरङका दुई भिन्दाभिन्दै ठाउँमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो मोरङको रंगेली नगरपालिका रंगेली–३ रन्जनीस्थित आनन्द इँटा भट्टाभित्र को १ त ८५७८ नम्बरको ट्रयाक्टरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु भएको हो ।

आज दिउँसो करिब साढे ३ बजेतिर इँटा भट्टाभित्रै माटो ओसारपसार गर्ने क्रममा इँटा भट्टामा काम गर्ने कामदार भारतको कुचबिहार बंगालका ५५ वर्षीय बिसन्दु मियाँलाई ठक्कर दिएको थियो ।

ट्र्याक्टरको ठक्करबाट मियाँको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, रंगेलीले जानकारी दिएको छ ।

दुर्घटनापछि फरार रहेका ट्रयाक्टर चालक रंगेली–३ रन्जनीका २१ वर्षीय विवश मुर्मुलाई रंगेली प्रहरीले नियन्त्रणमा लिएको छ ।

मियाँको शव भने पोस्टमार्टमका लागि रंगेलीस्थित रंगेली अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

यस्तै, मोरङको लेटाङ नगरपालिकामा दुर्घटनामा परी घाइते भएका एक जनाको उपचारका क्रममा आज मृत्यु भएको छ ।

माघ १४ गते दिउँसो २:५० बजे लेटाङ–२ स्थित भित्री सडकखण्डमा लेटाङबाट बुधबारेतर्फ जाँदै गरेको को २७ प ३७६८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।

जसमा मोटरसाइकल चालक लेटाङ–३ का २४ वर्षीय राजन राई घाइते भएका थिए ।

घाइते उनको विराटनगरस्थित विराटनगर नर्सिङ होममा उपचारका क्रममा आज बिहान ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित समय: शनिवार २० माघ, २०८०, १९:२४:४७

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
४ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०