मुख्यमन्त्रीको प्रश्न : १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचार गर्नु अपराध हाे ?

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २० माघ, २०८०
३ वर्षअघि

झापा । मुख्यमन्त्री केदार कार्कीले साना सडक, मन्दिर र सामुदायिक भवनकाे याेजना काटेर १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचार गर्नु अपराध हाे भन्दै प्रश्न गरेका छन् ।

झापाकाे शिवसताक्षी गाउँपालिका-३ पाराबारीमा मुख्यमन्त्रीसँग याेजना र विकाससम्वन्धी जनता संवाद कार्यक्रममा मुख्यमन्त्री कार्कीले यस्तो प्रश्न गरेका हुन् ।

Advertisement

उनले मुख्यमन्त्रीसम्म वडामात्रै नभई टाेलटाेल र घरघरका सदस्यहरूकाे समेत पहुँच हुनुपर्ने मान्यताका साथ जनतासँगकाे संवाद कार्यक्रममा प्राथमिकताका साथ उपस्थित भएकाे बताए ।

लाेककल्याणकारी प्रदेश निर्माणका लागि भाैतिक विकासलाई भन्दा मानवीय विकासलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम अघि बढाएकाे मुख्यमन्त्री कार्कीले बताएका हुन् ।

´प्रदेशभरिका गाउँ र टाेलका मन्दर, सामुदायिक भवन, साना सडकलगायतका २५ लाखमुनिका याेजना काटेर १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचार, शैलजाल आचार्य हृदयराेग केन्द्र विराटनगरकाे सञ्चालन जस्ता काम गरेकाे छु,` उनले भने, ´आर्थिक अभावमा उच्चशिक्षा चिकित्सक, इञ्जिनियर, वकिल, विज्ञान, व्यवस्थापन र प्रत्येक पालिकाका एक जनालाई पशु र एक जनालाई कृषि प्राविधिक अध्ययनका लागि छात्रवृतिकाे व्यवस्था गरेकाे छु, के त्याे अपराध भयाे ? यदी अपराध भयाे भने हाेस् । विपन्न गरिवकाे पनि प्रदेश हाे भन्ने स्थापित गराउँछु ।`

आफ्ना बालबालिकालाई भाेकै छाडेर समुदायभरिका छाेराछाेरीलाई खाेप खुवाउनुका साथै स्वास्थ्य सेवा दिने महिला स्वास्थ्य स्वयम् सेविकालाई सम्मान तथा प्राेत्साहन, ऋण लिएर जग्गा खरिद गर्ने सुकुम्वासीलाई ब्याज अनुदान जस्ता कार्यक्रम हुनेखाने वर्गलाई लक्षित याेजना काटेर ल्याएकाे मुख्यमन्त्री कार्कीले बताए ।

´यसअघि प्रदेश सरकारका एक मन्त्रीले सेकुवा हाउसकाे उद्घाटन गरेकाे भन्दै आलाेचना भइरहेकाे हेर्दा अचम्म लागेकाे छ,` उनले भने, ´सेकुवा हाउस सञ्चालनले स्थानीयस्तरमा आर्थिक गतिविधि, राेजगारी सृजनाका साथै आय आर्जन वृद्धि हुने कामलाई प्रदेश सरकारले प्राेत्साहन गर्नु अपराध हाे ? प्रदेश सरकारले प्रदेशवासीले गर्ने हरेक राेजगारी र आय आर्जन हुने कामकाे प्राेत्साहन गर्छ ।`

मुख्यमन्त्री कार्कीले भाकल पाथिभारा, बराह क्षेत्र, हलेसीमा गर्ने, वृद्ध बुवाआमालाई भारतकाे विभिन्न धार्मिक स्थलकाे दर्शनका लागि लग्ने तर आगनकाे जुठेल्नामा मन्दिर बनाउने बजेटमा ल्याएइकाे याेजना काटेर हलेसी, पाथिभरा र बराह क्षेत्रका लागि विनियाेजन गरेकाे बताएका थिए ।

उक्त संवाद कार्यक्रममा प्रदेश सांसद राधाकृष्ण खनाल, शिवसताक्षी वडा ३ का वडा अध्यक्ष भास्कर न्याैपानेलगायतका स्थानीय नेता, कार्यकर्ता तथा स्थानीयवासीले प्रदेश सरकारले साना याेजना कटाैति गरेकाे भन्दै गुनासाे पाेखेका थिए ।

उक्त कार्यक्रममा स्थानीयवासीले आ-आफ्ना टाेल, समुदायमालआवश्यक याेजनाहरूसमेत मुख्यमन्त्री कार्कीलाई लिखित रूपमा बुझाएका थिए ।

उक्त कार्यक्रमकाे अवसरमा स्थानीय ६ जना महिला स्वास्थ्य स्वयम् सेविकालाई साइकल वितरणका साथै वडा कार्यालयले सञ्चालन गरेकाे सिलाई, कटाई तालिमकाे समेत मुख्यमन्त्री कार्कीले अबलाेकन गरेका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०