पर्यावरणलाई स्वच्छ बनाउन सिमसार क्षेत्रको संरक्षण गर्न आवश्यक : मन्त्री उप्रेती

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १९ माघ, २०८०
३ वर्षअघि

विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वतावरणमन्त्री गणेश उप्रेती ‘सुशील’ ले पर्यावरणलाई स्वच्छ बनाउन सिमसार क्षेत्रको संरक्षण एवम् सम्वर्द्धन गर्नुपर्ने बताएका छन् ।

शुक्रबार मोरङको पथरीशनिश्चरेमा विश्व सिमसार दिवस–२०८० को अवसर पारेर आयोजना भएको कार्यक्रममा बोल्दै मन्त्री उप्रेतीले यस्तो बताएका हुन् ।

Advertisement

‘सिमसार र मानव कल्याण’ प्रमुख नाराकासाथ डिभिजन वन कार्यालय र शान्ति सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरेल आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री उप्रेतीले सिमसार क्षेत्र आयआर्जनका माध्यम भएको बताए ।

‘सिमसार क्षेत्र आयआर्जनको एउटा माध्यम हो, यसैले यसको दोहन होइन संरक्षण हुनुपर्छ,’ उनले भने, ‘जंगल र जंगलसँग जोडिएको सिमसारले पृथ्वीलाई संकट हुनबाट बचाउँछ ।’

मन्त्री उप्रेतीले सिँचाइको मूल स्रोतको रूपमा रहेको सिमसारले जलचर तथा उभयचरलाई प्राण दिइरहेको चर्चा गर्दै यसको संरक्षणमा मन्त्रालयले आवश्यक कार्य गरिरहेको जानकारी दिए ।

यसैगरी पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले प्राकृतिक सम्पदा सिमसारलाई दीगो रूपमा संरक्षण गरी यसबाट लाभ लिन सक्नुपर्ने बताए ।

‘जमिन लक्दैन, पानी सुक्दैन’ त्यसैले सिमसारको महत्व छ,’ उनले भने, ‘प्रकृतिलाई बचाउन सकिएन भने भावी सन्ततीले प्राकृतिक संकट बेहोर्छ ।’

पथरी शानिश्चरे नगरपालिकाका प्रमुख मोहनबहादुर तुम्बापोले सिमसारले गर्दा प्राकृतिक प्राणीलाई बाँच्न एवम् चरण गर्न सजिलो हुने भएकाले यसको संरक्षण एवम् प्रवर्द्धन गर्न नगरपालिकाबाट सक्दो सहयोग गर्ने बताए ।

डिभिजन वन कार्यालय मोरङका प्रमुख विष्णुलाल घिमिरे र झापा डिभिजनका प्रमुख मेघराज रायले पाँच प्रतिशत सिमसारले ओगटेको हाम्रो भूभागलाई प्राकृतिक सौन्दर्यता दिन सिमसारले महत्त्वपूर्ण कार्य गरिरहेको बताए ।

शान्ति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कुलबहादुर गुरुङले सिमसारले आन्तरिक पर्यटकलाई रमाउनका साथै रोजगार पनि सिर्जना गरेको जानकारी दिए ।

चित्रकला प्रदर्शनीका साथै पर्यावरण सम्बन्धमा विद्यालयस्तरीय विद्यार्थीले गरेका क्रियाकलापमा आयोजकले प्रमाणपत्र पनि वितरण गरेको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०