कानेपोखरी : अध्यक्ष-उपाध्यक्षबीचको लफडामा चेपिएका कार्यालय सहयोगी काममा फर्किए

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १८ माघ, २०८०
३ वर्षअघि

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाको कार्यालयमा कार्यरत कार्यालय सहयोगी काममा फर्किएका छन् ।

गाउँपालिका अध्यक्ष-उपाध्यक्षबीचको लफडामा चेपिएका कार्यालय सहयोगी पदमप्रसाद भट्टराई बुधबारबाट काममा फर्किएका हुन् ।

अनुमतिबिना आफ्नो कार्यालयको ढोका खोलिदिएको भन्दै कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमति इङ्नामले उनलाई निलम्बन गरेकी थिइन् ।

तर, सर्वत्र आलोचना भएपछि अध्यक्ष इङ्नामले भट्टराईलाई बुधबारदेखि काममा बोलाएको गाउँपालिका कर्मचारी स्रोतले जनाएको छ ।

‘हिजैदेखि उहाँ काममा फर्किनुभएको छ,’ स्रोतले भन्यो, ‘अध्यक्षज्यूले नै उहाँलाई काममा डाक्नुभएको थियो ।’

आफू बाहिर भएको बेला अनुमतिबिना आफ्नो कार्यकक्षको ढोका खोलेको भन्दै इङ्नामले भट्टराईलाई निलम्बन गरेकी थिइन् ।

अध्यक्ष इङ्नाम र उपाध्यक्ष भोला अधिकारीबीच भएको विवादको मारमा कार्यालय सहयोगी भट्टराई परेका थिए ।

केही दिनअघि बसेको कार्यपालिका बैठकमा उपाध्यक्ष अधिकारी र वडा नम्बर २ का वडाध्यक्ष सुशील बुढाथोकीबीच चर्काचर्की परेको थियो ।

अध्यक्षको कार्यकक्षमा बसेको बैठकमा विवाद बढ्दै जाँदा उपाध्यक्ष अधिकारीले मुड्की बजारेर सिसाको टेबल फुटाएका थिए ।

अध्यक्ष तेह्रथुम गएको बेला गत बिहीबार उपाध्यक्ष अधिकारीले कार्यालय सहयोगी भट्टराईलाई सिसा फेर्न निर्देशन दिएका थिए ।

अध्यक्षले कार्यकक्षको ताला नखोल्न निर्देशन दिएकोले उनको सचिवालयमा बस्ने कार्यालय सहयोगीले सुरुमा ताला खोल्न मानेका थिएनन् ।

तर, उपाध्यक्षको निर्देशनले गर्दा अध्यक्षको कार्यकक्षको कोठा खोल्न बाध्यता परेका भट्टराईलाई इङ्नामले निलम्बन गरेकी थिइन् ।

प्रकाशित समय: बिहिबार १८ माघ, २०८०, १७:३३:३७

सम्बन्धित खबर

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो

आईतबार १४ भदौ, २०८३
४ दिनअघि
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
बुद्धोदय सहकारीद्वारा विपद् उद्धार कोषमा एक लाख एक हजार सहयोग
बिहिबार ११ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०