कानेपोखरी : अध्यक्ष-उपाध्यक्षबीचको लफडामा चेपिएका कार्यालय सहयोगी काममा फर्किए

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १८ माघ, २०८०
१ वर्षअघि

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाको कार्यालयमा कार्यरत कार्यालय सहयोगी काममा फर्किएका छन् ।

गाउँपालिका अध्यक्ष-उपाध्यक्षबीचको लफडामा चेपिएका कार्यालय सहयोगी पदमप्रसाद भट्टराई बुधबारबाट काममा फर्किएका हुन् ।

अनुमतिबिना आफ्नो कार्यालयको ढोका खोलिदिएको भन्दै कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमति इङ्नामले उनलाई निलम्बन गरेकी थिइन् ।

तर, सर्वत्र आलोचना भएपछि अध्यक्ष इङ्नामले भट्टराईलाई बुधबारदेखि काममा बोलाएको गाउँपालिका कर्मचारी स्रोतले जनाएको छ ।

‘हिजैदेखि उहाँ काममा फर्किनुभएको छ,’ स्रोतले भन्यो, ‘अध्यक्षज्यूले नै उहाँलाई काममा डाक्नुभएको थियो ।’

आफू बाहिर भएको बेला अनुमतिबिना आफ्नो कार्यकक्षको ढोका खोलेको भन्दै इङ्नामले भट्टराईलाई निलम्बन गरेकी थिइन् ।

अध्यक्ष इङ्नाम र उपाध्यक्ष भोला अधिकारीबीच भएको विवादको मारमा कार्यालय सहयोगी भट्टराई परेका थिए ।

केही दिनअघि बसेको कार्यपालिका बैठकमा उपाध्यक्ष अधिकारी र वडा नम्बर २ का वडाध्यक्ष सुशील बुढाथोकीबीच चर्काचर्की परेको थियो ।

अध्यक्षको कार्यकक्षमा बसेको बैठकमा विवाद बढ्दै जाँदा उपाध्यक्ष अधिकारीले मुड्की बजारेर सिसाको टेबल फुटाएका थिए ।

अध्यक्ष तेह्रथुम गएको बेला गत बिहीबार उपाध्यक्ष अधिकारीले कार्यालय सहयोगी भट्टराईलाई सिसा फेर्न निर्देशन दिएका थिए ।

अध्यक्षले कार्यकक्षको ताला नखोल्न निर्देशन दिएकोले उनको सचिवालयमा बस्ने कार्यालय सहयोगीले सुरुमा ताला खोल्न मानेका थिएनन् ।

तर, उपाध्यक्षको निर्देशनले गर्दा अध्यक्षको कार्यकक्षको कोठा खोल्न बाध्यता परेका भट्टराईलाई इङ्नामले निलम्बन गरेकी थिइन् ।

प्रकाशित समय: बिहिबार १८ माघ, २०८०, १७:३३:३७

सम्बन्धित खबर

अब जुनसुकै विषयमा १२ कक्षा पास गरेकाले पनि जनरल नर्सिङ पढ्न पाउने

बिहिबार १ फाल्गुण, २०८१
१२ घण्टाअघि

वस्तुगत परीक्षामा अब्बल अंक ल्याउने अर्किडका विद्यार्थी पुरस्कृत

बिहिबार १ फाल्गुण, २०८१
१८ घण्टाअघि

एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी कोशी प्रदेशको अध्यक्षमा पुरी निर्वाचित

बिहिबार १ फाल्गुण, २०८१
१८ घण्टाअघि

भ्रष्टाचार मुद्दामा काेशी प्रदेशसभाका सचिव पराजुली दोषी ठहर, ६ वर्ष कैदको फैसला

बिहिबार १ फाल्गुण, २०८१
१८ घण्टाअघि

कपिलवस्तु अदालतका दुई कर्मचारी भ्रष्टाचारी ठहर !

मङ्गलबार २९ माघ, २०८१
३ दिनअघि

बराहक्षेत्रमा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु

मङ्गलबार २९ माघ, २०८१
३ दिनअघि
अब जुनसुकै विषयमा १२ कक्षा पास गरेकाले पनि जनरल नर्सिङ पढ्न पाउने
बिहिबार १ फाल्गुण, २०८१
वस्तुगत परीक्षामा अब्बल अंक ल्याउने अर्किडका विद्यार्थी पुरस्कृत
बिहिबार १ फाल्गुण, २०८१
एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी कोशी प्रदेशको अध्यक्षमा पुरी निर्वाचित
बिहिबार १ फाल्गुण, २०८१
भ्रष्टाचार मुद्दामा काेशी प्रदेशसभाका सचिव पराजुली दोषी ठहर, ६ वर्ष कैदको फैसला
बिहिबार १ फाल्गुण, २०८१
प्रादेशिक आम सञ्चार विधेयक सहमति मै पारित हुन्छ : मुख्यमन्त्री कार्की
बुधबार ३० माघ, २०८१
किड्स भिलेजमा बालबालिकाको सर्वांगीण विकासका लागि चार दिने ‘स्पोर्ट्स मिट’
बुधबार ३० माघ, २०८१
दुई लाख रुपैयाँसम्म पुग्न सक्छ, सुनको भाउ !
बुधबार ३० माघ, २०८१
कपिलवस्तु अदालतका दुई कर्मचारी भ्रष्टाचारी ठहर !
मङ्गलबार २९ माघ, २०८१
मेयर बालेनको काम मात्र होइन, सिर्जना पनि ‘ट्रेन्डिङ’ मा (भिडियोसहित)
मङ्गलबार २९ माघ, २०८१
बलात्कारका
झापामा १० वर्षीया बालिका बलात्कृत, २१ वर्षका आचार्य समातिए
मङ्गलबार २९ माघ, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०