विराटनगर । मोरङ प्रहरीले विराटनगर महानगरपालिकाका दुई जना युवतीलाई लागुऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर–१७ की १९ वर्षीया अनिता बैठा र ३० वर्षीया सरस्वती गुरुङ रहेको प्रहरीले जनाएको छ ।
लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) को ओसारपसार र कारोबारमा संलग्न रहेको आरोपमा मंगलबार दिउँसो २ बजेतिर विराटनगरबाट उनीहरू पक्राउ परेका हुन् ।
सीमावर्ती बजार जोगबनीबाट ब्राउन सुगर खरिद गरेर आउँदै गरेका उनीहरूलाई प्रहरीले समातेको हो ।
मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालका अनुसार पैदल हिँडेर आउँदै गर्दा उनीहरू विराटनगर-१५ बैंक रोड चोकबाट पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट ब्राउन सुगर १९.३३ ग्राम फेला परेको थियो । लगत्तै गुरुङको कोठामा छापा हान्दा सानो डिजिटल तराजु फेला परेको थियो ।