गिरि फाउन्डेसनद्वारा दुइटा स्कुलका विद्यार्थीलाई स्वेटर वितरण

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १५ माघ, २०८०
२ वर्षअघि

विराटनगर । समाजसेवी अभिषेक गिरिले स्थापना गरेको गिरि फाउन्डेसनले विराटनगरका दुइटा विद्यालयका विद्यार्थीहरूलाई स्वेटर र शैक्षिक  सामग्री वितरण गरेको छ ।

सोमबार फाउन्डेसनका अध्यक्ष गिरिले विराटनगर महानगरपालिका-८ का दुई सामुदायिक विद्यालयमा न्यानो कपडा स्वेटर र ह्वाइट बोर्ड वितरण गरेका हुन् ।

विराटनगर-८ स्थित मदरसा तालिमुल कुरआन माध्यमिक विद्यालयमा अध्ययनरत ४५ छात्रछात्रालाई स्वेटर वितरण गरे । साथै, उनले अध्यापनलाई सहज बनाउन तीन थान ह्वाइट बोर्ड पनि प्रदान गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष गिरिले सामुदायिक विद्यालयका विद्यार्थीले जाडोमा संघर्षका साथ अध्ययन गर्नपरेको उल्लेख गरे ।

उनले भने, ‘जाडोमा यहाँ पढ्ने विद्यार्थीले कठ्यांग्रीनु पर्ने अवस्था थियो । जाडोकै कारण विद्यालयमा नियमित उपस्थित हुने विद्यार्थीको संख्या घटेको थाहा पाएपछि सहयोग गरेको हुँ ।’

विपन्न विद्यार्थीको बाध्यता टार्न सकेको सहयोग गरेको उल्लेख गर्दै फेरि पनि सहयोगको हात अघि बढाउने प्रतिबद्धता जनाए ।
वि.सं २०६५ सालमा स्थापना भएको उक्त विद्यालयमा ३१५ जना विद्यार्थी अध्ययनरत भए पनि अहिले २९० नियमित छन् । छुटेका अरू सबै विद्यार्थीलाई पुन: सहयोग गर्ने उनले बताए ।

गिरि फाउन्डेसनले यसअघि पनि सहयोग गर्नेगरेको बताउँदै विद्यालयका प्रअ अब्दुल सुबहानले फाउन्डेसनप्रति आभार ब्यक्त गरे ।

उनका अनुसार विद्यालयमा १३ जना शिक्षक शिक्षिका रहेको उक्त परम्परागत तथा धार्मिक विद्यालयमा अरबी, उर्दु, दिनियाद भाषाबाट पनि अध्यापन हुने गरेको छ ।

यस्तै, गिरि फाउन्डेसनले विराटनगर-८ कै श्री ज्ञान निकुञ्ज आधारभूत विद्यालयका विद्यार्थीलाई पनि स्वेटर वितरण गरेको छ ।

फाउन्डेसनका अध्यक्ष गिरिले त्यहाँ अध्ययनरत ५० जना विद्यार्थीलाई स्वेटर र पाँच थान ह्वाइट बोर्ड सहयोग गरे ।

२०४६ मा स्थापित सो विद्यालयमा कुल १२० विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रकाशित समय: सोमबार १५ माघ, २०८०, १९:२१:०८
बजेट ‘जहाँ भोट, त्यहीँ बजेट’को नीति अनुसार आएको कांग्रेसको आरोप
शनिवार १६ जेठ, २०८३
निजामती पार्कमा प्रथम मुख्यसचिव चन्द्रबहादुर थापाको सालिक अनावरण
शनिवार १६ जेठ, २०८३
एसियन गेम्स छनोट: सेमिफाइनलमा मलेसिया सामु नेपालको १२७ रनको लक्ष्य
शनिवार १६ जेठ, २०८३
५० युनिटभन्दा बढी विद्युत खपतमा ५% भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग
शनिवार १६ जेठ, २०८३
महिला अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री बालेन्द्र शाह
शनिवार १६ जेठ, २०८३
राजनीतिक दललाई अनुदान दिने सरकारको घोषणा
शुक्रबार १५ जेठ, २०८३
नेपालमै थप २५ प्रकारका औषधि उत्पादन गरिने
शुक्रबार १५ जेठ, २०८३
नेपाललाई ‘ग्रे’ लिस्टबाट हटाउने घोषणा
शुक्रबार १५ जेठ, २०८३
तीन महिनाको लागि इन्धन भण्डारण गर्न मातृभूमि कोष स्थापना गर्ने
शुक्रबार १५ जेठ, २०८३
इरान युद्धको विरोधमा उत्रिए न्यूयोर्कका मेयर जोहरान ममदानी
शुक्रबार १५ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०