काेशी प्रदेशका १० वर्षमुनिका बालबालिकाकाे नि:शुल्क उपचार सुरु

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १५ माघ, २०८०
३ वर्षअघि

विराटनगर । काेशी प्रदेशका १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचार साेमबारबाट सुरु भएकाे छ ।

मुख्यमन्त्री केदार कार्कीकाे उपस्थितिमा स्वास्थ्य मन्त्रालयले यसअघि नै नाेबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्राे अस्पताल र प्रादेशिक अस्पतालसँग सम्झाैता गरेर उक्त उमेर समूहका बालबालिकाकाे निःशुल्क उपचार सुरु गरेकाे हाे ।

Advertisement

स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकाेटाले नाेबेल शिक्षण अस्पतालबाट साेमबार अैापचारिक रूपमा बालबालिकाहरूकाे निःशुल्क उपचार सेवा सुरु गरेकी हुन् ।

´प्रदेश सरकारकाे निःशुल्क उपचार सेवा काेशी प्रदेशमा स्थायी बसाेबास गर्नेले मात्रै पाउने छन्,` उनले भनिन्, ´निःशुल्क उपचार सेवा लिन बालबालिका बिरामी हुनेबित्तिकै नजिककाे स्वास्थ्यचाैकीमा उपचार गराउन लग्ने तर त्यहाँ नभएपछि नजिककाे अस्पतालमा रेफर गर्ने र अस्पतालमा पनि उपचार सम्भव नभएकाे अवस्थामा मात्रै निःशुल्क विशेषज्ञ सेवा लिन रेफरसहित यी ताेकिएकाे अस्पतालमा उपचारका लागि आउनुपर्छ ।`

निःशुल्क आकस्मिक सेवा(इमेर्जेन्सी सेवा) लिनुपर्ने बिरामी बालबालिकाकाे स्थायी बसाेबास भएकाे खुल्ने सरकारी कागजात हुनुपर्ने सचिव देवकाेटाले बताइन् ।

निःशुल्क उपचार प्राप्त गर्ने बिरामी बालबालिकालाई जीवन बीमाले ताेकेबमाेजिमकाे अैाषधिसमेत प्रदेश सरकारले निःशुल्क उपलब्ध गराउने व्यवस्था भएकाे देवकाेटाले बताइन् ।

झापाकाे भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा रिक्त रहेकाे बालराेग विशेषज्ञ चिकित्सक नियुक्त गरेर बालबालिकालाई निःशुल्क उपचार सेवा सुरु गरेकाे उनले सुनाइन् ।

मुख्यमन्त्री कार्कीले प्रदेशमा मानवीय विकासका लागि चालू आर्थिक वर्षका लागि प्रतिस्थापन विधेयकमार्फत ल्याएकाे बजेटमा १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचारकाे याेजना ल्याएर कार्यान्वयन गरेका छन् ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०