कोसी प्रदेशले मे २९ मा सगरमाथा दिवस मनाउने

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १४ माघ, २०८०
३ वर्षअघि

विराटनगर । कोसी प्रदेश सरकारले मे २९ अर्थात् जेठ १६ गते सगरमाथा दिवस मनाउने भएको छ ।

आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती ‘सुशील’ ले जानकारी दिए ।

Advertisement

कोसी प्रदेशमा विश्वका सर्वोच्च शिखर सगरमाथा रहेकोले मे २९ तारेखका दिन सगरमाथा दिवस मनाउने निर्णय भएको मन्त्री उप्रेतीले बताएका छन् ।

सन् १९५३ को मे २९ तारिखमा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा हिमालको सफल आरोहण गरेका थिए ।

त्यसैको सम्झनास्वरूप यो दिवस मनाउने तयारी गरिएको मन्त्री उप्रेतीले जानकारी दिए ।

मन्त्री उप्रेतीका अनुसार सगरमाथा दिवसको अवसरमा प्रदेश सरकारले समिटर समिटसमेत गर्ने भएको छ।

प्रदेशस्तरीय अनुगमन तथा मूल्यांकन दिग्दर्शन २०८० स्वीकृत गर्नुका साथै प्रदेश योजना आयोगबाट अध्यावधिक प्रदेश पार्श्वचित्र स्वीकृत गरी सार्वजनिक गर्ने निर्णय भएको मन्त्री उप्रेतीको भनाइ छ ।

यसैगरी, धनकुटाको धनकुटा नगरपालिका र मेक्सिकोको सिताकुयरो नगरबीच भगिनी सम्बन्ध कायम गर्न कोसी प्रदेश सरकारले स्वीकृति प्रदान गर्न सिफारिस गर्ने निर्णय गरेको उनले बताए ।

साथै, मन्त्रिपरिषद्को आजको बैठकले प्रदेश लगानी प्राधिकरणको प्रमुख कार्यकारी निर्देशक सरोज कोइरालालाई थप एक कार्यकालका लागि पुनः नियुक्ति गर्ने निर्णय गरेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
भैरहवाबाट साढे दुई करोडको सुनका गरगहनासहित महिला पक्राउ
शुक्रबार १६ असोज, २०८३
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०