राजाको पदमाेह : शारीरिक अशक्त हुँदा पनि नर्वेका राजाले त्याग्न मानेनन् राजगद्दी

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १० माघ, २०८०
३ वर्षअघि

एजेन्सी । नर्वेका राजा हेराल्ड भी शारीरिक रूपमा कमजोर छन् । आगामी फेब्रुअरी २१ मा उनी ८७ वर्ष पुग्छन् ।

उनी युरोपका सबैभन्दा बुढा राजा हुन् । ३३ वर्षयता उनी राजगद्दीमा छन् । प्रौड उमेरका हेराल्ड वैशाखीको सहारामा हिँडडुल गर्छन् ।

राजा हेराल्डको हालैका वर्षहरूमा मुटुको शल्यक्रिया गरिएको छ । श्वाससम्बन्धी समस्या तथा संक्रमणका कारण उनी अस्पतालमा उपचाररत छन् ।

आफ्नो बढ्दो स्वास्थ्य समस्या तथा बढ्दो उमेरले राजा हेराल्ड चिन्तित छन् । तर, यति हुँदाहुँदै पनि उनी राजगद्दीबाट हट्न तयार छैनन् ।

पद छाड्ने कुनै योजना नभएको उनले दोहोर्‍याउँदै आएका छन् ।

हालैमात्र डेनमार्ककी महारानी मार्गरेटले आश्चर्यजनक रूपमा पद छाड्ने निर्णय गरेकी थिइन् ।

नयाँ वर्ष २०२४ को पूर्वसन्ध्यामा ८३ वर्षीय रानी मार्गरेटले पद त्यागेपछि डेनमार्कले नयाँ राजा पाएको थियो ।

मार्गरेटले पद त्याग गरेपछि उनका जेठा छोरा फेडेरिक एक्स राजगद्दीमा बसेका थिए ।

बारम्बार कहिल्यै पद नछाड्ने कुरामा जोड दिँदै आएकी मार्गरेटले छोरा फे डरिकको पक्षमा पद त्याग्ने घोषणा गरेकी थिइन् ।

मार्गरेटले राजगद्दी त्यागेपछि टिप्पणीकारहरूप्रति इंगित गर्दै राजा हेराल्डले अझै पद नत्याग्ने बताएका हुन् ।

मंगलबार आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा राजा हेराल्डले भनेका छन्, “मैले सधैँ भनेको कुरामा अडिग छु । मैले स्टोर्टिङ (संसद्) को सपथ लिएको छु र यो जीवनभरका लागि हो ।”

आफ्ना छोरा युवराज हाकनसँगै ओस्लोमा नर्वेली प्रेस सेन्टरको भ्रमणका क्रममा उनले उक्त टिप्पणी गरेका हुन् ।

प्रकाशित समय: बुधबार १० माघ, २०८०, ०६:०२:३४

सम्बन्धित खबर

तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

मङ्गलबार ३० भदौ, २०८३
६ घण्टाअघि

प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न

शनिवार २७ भदौ, २०८३
३ दिनअघि

एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी

शनिवार २७ भदौ, २०८३
३ दिनअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
५ दिनअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
६ दिनअघि

सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी

बुधबार २४ भदौ, २०८३
६ दिनअघि
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
सुनसरी–४ मा कांग्रेसको अधिवेशन सरगर्मी, क्षेत्रीय सभापतिमा गफार अन्सारीको उम्मेदवारी
बुधबार २४ भदौ, २०८३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०