उमेर बढाएर एसइई दिएकी लेकिडोमा १९ वर्षकै उमेरमा बनिन् स्थायी शिक्षक !

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ९ माघ, २०८०
३ वर्षअघि

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका-१ नवमीडाँडाकी लेकिडोमा तामाङ १९ वर्षकै उमेरमा निमावि तह शिक्षक बनेकी छन् ।

हालै शिक्षक सेवा आयोगले प्रकाशन गरेको नतिजामा निमावि तह शिक्षकको लिखित र अन्तरवार्तामा उत्तीर्ण भएर उनी नियुक्तिका लागि सिफारिसमा पर्न सफल भएकी हुन् ।

तामाङले सिद्ध काली मावि फेदायक फिदिम ६ बाट २०७४ सालमा एसइई उत्तीर्ण गरेकी थिइन् ।

उनी २०६१ वैशाखमा जन्मिएकी हुन् । तर, नागरिकतामा १४ वर्षमा एसइई दिन प्राविधिक कठिनाइ हुने देखिएपछि उनले उमेर बढाएकी थिइन् ।

उमेर बढाएर उनको जन्ममिति २०६० पुस लेखिएको आमा वीरमायाले बताइन् ।

उनले भनिन्, ‘एसइई दिन १४ वर्ष पूरा हुनुपर्ने थियो । कि कक्षा दोहोर्‍याउनुपर्ने भयो, कि उमेर बढाउनुपर्ने भयो । कक्षा नदोहोर्‍याएर उमेर बढाएर एसइई दिएकी हुँ ।’

लेकिडोमाका आमा र बुबा दुवै शिक्षण पेसामा छन् । वीरमायाका अनुसार लेकिडोमा बाल्यकालबाटै पढाइमा तीक्ष्ण रहेकी थिइन् ।

कक्षा ९ र १० मा ऐच्छिक गणित विषय पढ्ने उनी एक्लो विद्यार्थी थिइन् ।

विद्यालयमा उनी साथीहरूलाई समेत गणित विषय सिकाउँथिन् ।

‘बुबा गणितको शिक्षक भएकाले साथीहरू घरमै ट्युसन पढ्न आउनुहुन्थ्यो । धेरैजसो मैले सिकाउँथेँ,’ उनले भनिन् ।

लेकिमायाका बुबा गणित र आमा सामाजिक विषय शिक्षण गर्छन् । भाइ बहिनी भने माध्यमिक तहमै अध्ययनरत छन् ।

मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित सुकुना बहुमुखी क्याम्पसमा ‘बिए’ दोस्रो वर्षमा अध्ययनरत तामाङले कोशी प्रदेशका लागि शिक्षक सेवा आयोगले गत वैशाखमा लिएको परीक्षामा सहभागी भएकी थिइन् ।

तामाङ माघ २ गते प्रकाशित अन्तिम नतिजामा कोशी प्रदेशबाट गणित विषयमा निम्न माध्यमिक तहको शिक्षकमा सिफारिस हो ।

उनले २०७६ सालमा फिदिमस्थित कञ्चनजंघा एकेडेमी उच्च माविबाट गणित विषममै कक्षा १२ उत्तीर्ण गरेकी थिइन् ।

तामाङले २०७९ सालमा अध्यापन अनुमतिपत्रको परीक्षा उत्तीर्ण गरेपछि खुलेको शिक्षक सेवा आयोगमा एकैपटक नाम निकालेकी थिइन् ।

स्थायी शिक्षकमा सिफारिस भएकी लेकिडोमा सम्भवतः देशकै कान्छी शिक्षक हुनसक्ने शिक्षा तथा समन्वय एकाइ पाँचथरका प्रमुख युगमणि सवेहाङले बताए ।

प्रकाशित समय: मङ्गलबार ९ माघ, २०८०, १८:४९:४०

सम्बन्धित खबर

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
१९ घण्टाअघि

भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह

बिहिबार १८ भदौ, २०८३
१ दिनअघि

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
३ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
३ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
३ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
४ दिनअघि
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०