हिन्दी टेलिसिरियलमा जब सगरमाथालाई भारतको भनेर प्रचार गरियो… (भिडिओसहित)

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ६ माघ, २०८०
३ वर्षअघि

विराटनगर । नेपाल एउटा स्वतन्त्र र सार्वभौमसम्पन्न देश हो । तर, छिमेकी मुलुक भारतले भने नेपाललाई बारम्बार हेप्दै आएको छ, थिचोमिचो गर्दै आएको छ ।

कहिले आर्थिक नाकाबन्दी गर्छ अनि कहिले गौतम बुद्धको जन्मस्थलका बारे विवादास्पद अभिव्यक्ति दिन्छ ।

Advertisement

चाहे त्यो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट होस् वा हिन्दी फिल्म, टेलिसिरियलबाट होस् । भारतले के-के निहुँ खोजेर नेपालीहरूलाई अपठ्यारामा पार्दै आएको छ ।

भारतले बेलाबखतमा बुद्धको जन्मस्थानलाई लिएर भ्रामक प्रचार गरिराखेकै छ । यस्तैमा एउटा भारतीय टेलिसिरियलमा सगरमाथालाई पनि भारतको भनेर दाबी गरिएको छ ।

त्यो हिन्दी टेलिसिरियल ‘कैसे मुझे तुम मिल गए’ । जहाँ नेपालको सर्वोच्च शिखर सगरमाथालाई भारतको भनेर गलत प्रचार-प्रसार गरिएको छ ।

भारतको चर्चित टेलिभिजन जी टिभीले प्रसारण गर्दैआएको ‘कैसे मुझे तुम मिल गए’ नामक टेलिसिरियलमा नेपालको सर्वोच्च शिखर सगरमाथालाई भारतको भनेर प्रचार गरिएको हो ।

सो टिभी सिरियलको हालै प्रकाशित नयाँ एपिसोडमा नेपालको सगरमाथालाई भारतको भनेर प्रस्तुत गरिएको छ ।

सिरियलको सो एपिसोडमा टेलिसिरियलमा एक पुराना कलाकारले अर्को एक कलाकारलाई सामान्य ज्ञानको प्रश्नोत्तरका क्रममा ‘भारतको सबैभन्दा उच्च पहाडको चुचुरोको नाम के हो ?’ भनेर सोध्छिन् ।

त्यसपछि ती पुरुष कलाकारले ‘माउन्ट एभरेस्ट’ भनेर सहज तरिकाले उत्तर दिन्छन् ।

अनि सिरियलको सो दृश्यमा उपस्थित अन्य कलाकारले ताली बजाउँछन् ।

सो सिरियलको उक्त भागको युट्युब भर्सनमा हेर्न दर्शकमध्ये धेरैले सगरमाथा नेपालमा रहेको जिकिर गरिरहेका छन् ।

कतिपयले स्क्रिप्ट लेख्नेले गलत लेख्यो भनेर सच्याउन माग गरिरहेका छन् । कतिपयले नेपाल सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।

https://www.youtube.com/watch?v=2PM6cDrfGbU

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०