विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-६ स्थित गछिया खोलामा एक जना वृद्ध पुरुष मृत भेटिएका छन् ।
शुक्रबार बिहान भोजपुरको भोजपुर नगरपालिका-२ घर भइ सुन्दरहरैंचा नगरपालिका-६ मा बस्दै आएका ६४ वर्षीय टेकबहादुर गुरुङ खोलामा डुबेको अवस्थामा फेला परेका हुन् ।
सब्जी लिन भनेर बिहीबार गछिया बजार गएका गुरुङ आज बिहान खोलामा मृत फेला परेको मोरङ प्रहरीका प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिए ।
शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवम् ट्रमा सेन्टर पठाएर घटनाको अनसन्धान सुरु गरिएको डिएसपी दाहालले बताए ।