पाँचथरमा एक महिलाको हत्या, दुई जना घाइते

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २६ पुस, २०८०
२ वर्षअघि

फिदिम । पाँचथरको मिक्लाजुङ गाँउपालिकामा बिहीबार एक महिलाको हत्या भएको छ ।

मिक्लाजुङ-३ आरुबोटेमा धारिलो हतियार प्रहार गरी स्थानीय असफल कुरुम्बाङले आफ्नी श्रीमती गोमा फियाकको हत्या भएको प्रहरीले जनाएको छ ।

पाँचथर प्रहरी निरीक्षक सुमित कुश्वाहाका अनुसार बिहीबार साँझ ८ बजे तुम्वेवा-४ स्थित घरबाट आरुबोटेमा रहेको ससुराली घर पुगेका ३५ वर्षीय असफलले श्रीमतीको हत्या गरेका हुन् ।

उक्त घटनामा दुई जना घाइते भएका छन् । महेन्द्र श्रेष्ठ र कान्छीमाया फियाक घाइते भएका छन् । कान्छीमाया असफलकी सासू हुन् भने महेन्द्र छिमेकी हुन् ।

घाइतेहरूलाई उपचारका लागि झापा पठाइएको वडाध्यक्ष जीवन फियाकले जानकारी दिए ।

हत्यामा संलग्न असफल भने फरार रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी जाँदै गरेकाले विस्तृत विवरण आउने प्रहरी निरीक्षक कुश्वाहाले जानकारी दिए ।

पारिवारीक समस्या भएपछि मिलाउन बसेको बेला असफलले श्रीमतीको हत्या गरेका हुन् ।

पाँच वर्षअघि सोही ठाउँमा यस्तै प्रकृतिको घटना हुँदा नौ जनाको हत्या भएको थियो । त्यसबेला ज्वाईंले ससुराली र आफन्तको हत्या गरी आत्माहत्या गरेका थिए ।

प्रकाशित समय: बिहिबार २६ पुस, २०८०, २२:११:५६
बजेट ‘जहाँ भोट, त्यहीँ बजेट’को नीति अनुसार आएको कांग्रेसको आरोप
शनिवार १६ जेठ, २०८३
निजामती पार्कमा प्रथम मुख्यसचिव चन्द्रबहादुर थापाको सालिक अनावरण
शनिवार १६ जेठ, २०८३
एसियन गेम्स छनोट: सेमिफाइनलमा मलेसिया सामु नेपालको १२७ रनको लक्ष्य
शनिवार १६ जेठ, २०८३
५० युनिटभन्दा बढी विद्युत खपतमा ५% भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग
शनिवार १६ जेठ, २०८३
महिला अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री बालेन्द्र शाह
शनिवार १६ जेठ, २०८३
राजनीतिक दललाई अनुदान दिने सरकारको घोषणा
शुक्रबार १५ जेठ, २०८३
नेपालमै थप २५ प्रकारका औषधि उत्पादन गरिने
शुक्रबार १५ जेठ, २०८३
नेपाललाई ‘ग्रे’ लिस्टबाट हटाउने घोषणा
शुक्रबार १५ जेठ, २०८३
तीन महिनाको लागि इन्धन भण्डारण गर्न मातृभूमि कोष स्थापना गर्ने
शुक्रबार १५ जेठ, २०८३
इरान युद्धको विरोधमा उत्रिए न्यूयोर्कका मेयर जोहरान ममदानी
शुक्रबार १५ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०