इटहरी । नेकपा एमालेकी सांसद भगवती चौधरीले आफ्नो निर्वाचन क्षेत्रका मुसहर समुदायमा न्यानो कपडा तथा स्थानीय मन्दिरलाई भाँडावर्तन वितरण गरेकी छन् ।
बुधबार चौधरीले सुनसरीको इटहरी उपमहानगरपालिका-७ को मुसहरबस्तीका ४० विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेकी हुन् ।
प्रतिनिधिसभा नचलेको समयमा आफ्नो निर्वाचन क्षेत्रका जनतासँग सात्क्षात्कार गर्दै चौधरी समाजसेवामा उत्रिएकी हुन् ।
चौधरीले स्थानीय शिवपार्वती मन्दिरमा करिब ७० जना ज्येष्ठ नागरिकहरूलाई सम्मान पनि गरेकी थिइन् ।
त्यसबाहेक उनले आफ्नो निर्वाचन क्षेत्रमा निर्माणाधीन विकासका पूर्वाधारहरूको निरीक्षण-अनुगमनसमेत गरेकी थिइन् ।
सुनसरी क्षेत्र नम्बर ३ बाट निर्वाचित बनेकी चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीसमेत बनेकी थिइन् ।