श्रीमती भेट्न आउँदा पक्राउ परेका थिए बम्जन

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २४ पुस, २०८०
२ वर्षअघि

विराटनगर । लामो समयदेखि नेपाल प्रहरीको खोजीमा रहेका रामबहादुर बम्जन परिवारलाई भेटन आउँदा पक्राउ परेको खुलेको छ ।

काठमाडौं बुढानिलकण्ठ-७ मा परिवारसँग बसिरहेको अवस्थामा उनी पक्राउ परेका हुन् ।

बम्जनका श्रीमती र छोराछोरी बुढानिलकण्ठमा बस्दै आएका थिए ।

बम्जन कम्तिमा दुई महिनादेखि काठमाडौंमा बसिरहेको खुलेको छ ।

एक महिनाअघि उनको बच्चा जन्मिएको थाहा पाएपछि खोजीलाई तीब्र पारिएको थियो । त्यही आधारमा खटिएको प्रहरी टोलीले उनलाई घरबाट पक्राउ गरेको हो ।

लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका बम्जनलाई मंगलबार पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिए ।

बम्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बूढानीलकण्ठ क्षेत्रबाट पक्राउ गरेको हो ।

विभिन्न उजुरीका आधारमा प्रहरीको खोजी सूचीमा रहेका बम्जनलाई सिआइबीको टोलीले बूढानीलकण्ठ क्षेत्रबाट आज साँझ ७ बजे पक्राउ गरेको हो ।

बम्जनको आश्रमबाट आनीसहित चार जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनको खोजी गरिरहेको थियो ।

अनुयायी बनेर गएका चार जना फर्केर नआएको भनेर विभिन्न जिल्ला प्रहरी कार्यालयहरूमा उजुरी परेको थियो ।

उनीविरुद्ध सिन्धुपाल्चोक, मकवानपुर र सर्लाहीलगायत जिल्लामा जाहेरी परेको छ ।

प्रकाशित समय: मङ्गलबार २४ पुस, २०८०, २०:२९:३०
बजेट ‘जहाँ भोट, त्यहीँ बजेट’को नीति अनुसार आएको कांग्रेसको आरोप
शनिवार १६ जेठ, २०८३
निजामती पार्कमा प्रथम मुख्यसचिव चन्द्रबहादुर थापाको सालिक अनावरण
शनिवार १६ जेठ, २०८३
एसियन गेम्स छनोट: सेमिफाइनलमा मलेसिया सामु नेपालको १२७ रनको लक्ष्य
शनिवार १६ जेठ, २०८३
५० युनिटभन्दा बढी विद्युत खपतमा ५% भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमान घिसिङको माग
शनिवार १६ जेठ, २०८३
महिला अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री बालेन्द्र शाह
शनिवार १६ जेठ, २०८३
राजनीतिक दललाई अनुदान दिने सरकारको घोषणा
शुक्रबार १५ जेठ, २०८३
नेपालमै थप २५ प्रकारका औषधि उत्पादन गरिने
शुक्रबार १५ जेठ, २०८३
नेपाललाई ‘ग्रे’ लिस्टबाट हटाउने घोषणा
शुक्रबार १५ जेठ, २०८३
तीन महिनाको लागि इन्धन भण्डारण गर्न मातृभूमि कोष स्थापना गर्ने
शुक्रबार १५ जेठ, २०८३
इरान युद्धको विरोधमा उत्रिए न्यूयोर्कका मेयर जोहरान ममदानी
शुक्रबार १५ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०