शुल्क नतिर्दा सयौं विद्यार्थीले दिन पाएनन् परीक्षा, विद्यालयलाई कारबाही गर्ने महानगरको चेतावनी

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २३ पुस, २०८०
३ वर्षअघि

विराटनगर । विराटनगर महानगरपालिकाले शुल्क नतिर्दा सयौं विद्यार्थीलाई परीक्षा दिनबाट बञ्चित गर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख कृष्ण भट्टराईले परीक्षा शुल्क नतिरेको भन्दै विद्यार्थीलाई जाँच दिन नदिने विराटनगर-९ को सरस्वती माध्यमिक विद्यालयलाई कारबाही गर्ने चेतावनी दिए ।

Advertisement

शुल्क नबुझाएको भन्दै एक सयभन्दा बढी विद्यार्थीलाई विद्यालयको आन्तरिक परीक्षामा सामेल हुन नदिइएपछि महानगरले कारबाहीको चेतावनी दिएको हो ।

स्कुल प्रशासनले ती विद्यार्थीहरूलाई आइतबार परीक्षा दिनबाट बञ्चित गराएको थियो ।

यसरी परीक्षा शुल्क नबुझाएको भनेर विद्यार्थीलाई परीक्षाबाट बञ्चित गराउने काम गलत भएको भट्टराईको भनाइ छ ।

आफूले तत्काल परीक्षा दिनबाट बञ्चित भएका विद्यार्थीलाई जाँचमा सामेल गराउन निर्देशन दिएको बताउँदै उनले सोमबार (आज) विद्यालयमा निरीक्षण गर्ने बताए ।

यदि परीक्षामा शुल्क नबुझाएको कारणले परीक्षाबाट बञ्चित गराएको पाइए विद्यालय प्रशासनलाई कारबाहीको दायरामा ल्याउने उनले बताए ।

शिक्षा ऐनअनुसार पनि सामुदायिक विद्यालयले विद्यार्थीहरूबाट कुनै प्रकारको पनि शुल्क नउठाउनू भनेर प्रष्ट बताएको उनले बताए ।

यता, विद्यालयकी प्राचार्य अनिता नेपालले भने परीक्षा हलबाट निकालिएका करिब ५० जना विद्यार्थीको ७५ प्रतिशत हाजिरी नपुगेको पाइएपछि अभिभावक लिएर आउनु भन्दै घर पठाएको बताइन् ।

उनीहरूको आइतबारको परीक्षा अन्तिम दिन लिने तयारी गरिएको उनको भनाइ छ ।

विद्यालयले विद्यार्थीबाट स्वच्छाले सहयोग शुल्क लिएको प्राचार्य नेपालले बताइन् ।

भएको के थियो ?

विद्यालयले दोस्रो त्रैमासिक परीक्षा १९ पुसबाट लिन सुरु गरेको छ ।

पहिलो दिन अंग्रेजी र दोस्रो दिन नेपालीको परीक्षा भइसकेको छ ।

तेस्रो दिनको आइतबार गणित विषयको परीक्षामा शुल्क नबुझाएपछि परीक्षा दिनबाट विद्यालयले रोक लगाएको हो ।

ती विद्यार्थीले बिहीबार अंग्रेजी र शुक्रवार नेपाली विषयको परीक्षा भने दिएका थिए ।

परीक्षा दिनबाट बञ्चित भएपछि केही विद्यार्थी रुँदै घर फर्किएका थिए ।

उनीहरूको माया लागेपछि केही शिक्षक मिलेर पैसा उठाएर ४-५ जना विद्यार्थीको परीक्षा शुल्क तिरिदिएका थिए ।

त्यसपछि ती विद्यार्थीले परीक्षा दिए । तर, नबुझाउनेहरूले परीक्षाबाट बञ्चित हुनुपरेको थियो ।

सरस्वती माविका व्यवस्थापक समितिको अध्यक्ष विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाका काकी अजिता कोइराला रहेकी छिन् ।

यो विद्यालयमा कक्षा ६ देखि कक्षा १२ सम्म पढाइ हुने गर्दछ ।

अहिले परीक्षा ६ देखि १० सम्म भएको हो ।

परीक्षा करिब साढे पाँच सय विद्यार्थी रहेका छन् ।

शिक्षा ऐनअनुसार सरकारी विद्यालयले विद्यार्थीहरूसँग शुल्क उठाउन नमिल्ने प्रस्ट उल्लेख गरेको छ ।

तर, सरस्वतीसहित यहाँका अधिकाशं सामुदायिक विद्यालयले विद्यार्थीबाट विभिन्न शीर्षकमा शुल्क असुल्दै आएको छ ।

नेपाली र अंग्रेजी माध्यमबाट पढाई हुने सरस्वतीमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई परीक्षा शुल्क बापत डेढ सयदेखि दुई सय रुपैयाँसम्म उठाउने गरेको छ ।

यसरी गैरकानुनी तरिकाले परीक्षाको नाममा लिएको शुल्क नबुझाउँदा विद्यार्थी परीक्षा हलबाट निकालेर घर पठाएको पाइएको हो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०