झापा । पाँच दिनअघि तातो खोलेमा डुबेकी झापाकी एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापाको बाह्रदशी गाउँपालिका-५ की दुई वर्षीया छोरी सृष्टि टुडूका रहेकी छन् ।
उनको काठमाडाैंस्थित सुष्मा मेमोरियल अस्पतालमा उपचारका क्रममा मङ्गलबार मृत्यु भएको हो ।
पाँच दिनअघि घरमै तातो खोलेमा डुबेकी सुष्टिको आर्थिक अभावका कारणले समयमा उपचार हुन नसकेको बताइएको छ ।
स्थानीयस्तरमा उपचार सम्भव नभएपछि इजी हेल्थ केयर फाउन्डेसनको सहयोगमा बालिकाको थप उपचारका लागि काठमाडौं पुर्याइएको थियो ।