पाथीभरामा भक्तजनले चढाए १८६ तोला सुन, साढे आठ करोड भेटी रकम सङ्कलन

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार १२ पुस, २०८०
३ वर्षअघि

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा भक्तजनले एक सय ८६ तोला सुन चढाएका छन् ।

पाथीभरा क्षेत्र विकास समितिले बिहीबार पत्रकार सम्मेलन गरी मङ्सिर मसान्तसम्ममा एक सय ८७ तोला ६ लाल सुन चढाएको बताएको छ ।

समितिका कार्यकारी निर्देशक हाङ्बाङका अनुसार ८६ तोला ९३ लाल सुन शुद्ध अर्थात् रिफाइन गरिएको रहेको छ ।

बाँकी ९८ तोला ४१ लाल रिफाइन गरिएको सुन रहेको समितिले जानकारी दिएको छ ।

त्यस्तै, हालसम्म रिफाइन नभएको चाँदी ९२ किलोग्राम ६५० ग्राम रहेको पनि समितिले जानकारी दिएको छ ।

अन्य धातुमा तामा छ हजार ५३९ किलोग्राम ७७५ ग्राम र विभिन्न धातुको घण्टी १६ हजार ३६८ किलोग्राम रहेको पनि समितिले जनाएको छ ।

भक्तजनले चढाएको सुन र चाँदीलाई चाँडै रिफाइन गरी बिक्रीसहित व्यवस्थापन गर्ने योजना रहेकोसमेत समितिले जानकारी दिएको छ ।

यसैगरी, पाथीभरामा कुल आठ करोड ४५ लाख ९४ हजार ३३६ रुपैयाँ भेटी रकम सङ्कलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए ।

उनका अनुसार पछिल्लो दुई महिना अर्थात् कात्तिक र मङ्सिर महिनामा मात्र ६८ लाख ११ हजार ११० रुपैयाँ भेटी सङ्कलन भएको छ ।

कुल सङ्कलित भेटी रकममध्ये चालू आर्थिक वर्षयता मङ्सिर मसान्तसम्ममा १० लाख ७० हजार ७८७ रुपैयाँ खर्च भएको पनि हाङ्बाङले जानकारी दिए ।

उनका अनुसार सेवा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको पारिश्रमिक, रकम ढुवानी तथा व्यवस्थापन, सुरक्षाकर्मीको खाजा, योजना अनुगमन लगायतमा खर्च भएको छ ।

उनले खर्च कटाएर बाँकी आठ करोड ३५ लाख २३ हजार ५४८ रुपैयाँ बैङ्कमा मौज्दात रहेको बताए ।

समितिका अनुसार नेपाल बैङ्क लिमिटेड, लक्ष्मी सनराइज बैङ्क, सानिमा बैङ्क, प्रभु बैङ्क र एनएमवि बैङ्कका शाखामा रकम मौज्दात रहेको छ ।

उक्त बैङ्कमा सञ्चालित मुद्दती खातामा ६ करोड ८८ लाख रुपैयाँ मौज्दात रहेको र मौज्दात रकमको पछिल्लो दुई महिनाको ब्याज मात्र दुई लाख ५२ हजार ४४० रुपैयाँ रहेको समितिले जनाएको छ ।

यता, पाथीभराको थप प्रचारप्रसार र दर्शनार्थीका लागि देवीको दर्शनलाई सहज बनाउने कार्यमा पाथीभरा क्षेत्र विकास समिति निरन्तर लागिपरेको समिति अध्यक्ष रक्की थेबेले बताए ।

अधिकतम् भक्तजन आउनेगरी दर्शन यात्रालाई अझ सहज बनाउने, भेटीपातीलाई थप व्यवस्थित गर्ने र सबैसामु पारदर्शी हुनेगरी समितिले योजना बनाएर काम गर्न सुरु गरेको पनि अध्यक्ष थेबेको भनाइ छ ।

समितिको दायित्वलाई प्रभावकारी बनाउन जनशक्ति तथा कार्यालय व्यवस्थापनको थप काम भइरहेको समितिले जानकारी दिएको छ।

प्रकाशित समय: बिहिबार १२ पुस, २०८०, २२:१५:५१

सम्बन्धित खबर

भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह

बिहिबार १८ भदौ, २०८३
२ घण्टाअघि

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
२ दिनअघि

भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान

सोमबार १५ भदौ, २०८३
३ दिनअघि

सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित

सोमबार १५ भदौ, २०८३
३ दिनअघि
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
विपद्पछिको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने अवस्था : परराष्ट्रमन्त्री खनाल
शनिवार १३ भदौ, २०८३
सडकमा आएको भेलले बगाउँदा पोखरामा आमा–छोरीको मृत्य
शनिवार १३ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०