निश्हितलाई एसबिएससी सिङ्गिङ स्टारको उपाधि

शब्द एक्स्प्रेस संवाददाता
शनिवार ७ पुस, २०८०
३ वर्षअघि

विराटनगर । मोरङ पथरी शनिश्चरेमा रहेको अन्नपूर्ण सेकेन्डरी स्कुलका निश्हित विश्वकर्मा पाँचौं संस्करणको एसबिएससी सिङ्गिङ स्टारको उपाधि जितेका छन् ।

विराटनगरस्थित आरोहण गुरुकुलमा शनिबार सम्पन्न भएको फाइनलमा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै निश्हितले सिङ्गिङ स्टारको उपाधि जितेका हुन् ।

Advertisement

संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आयोजना गरेको प्रतियोगिताको फर्स्ट रनरअप दुई जना घोषित भए ।

उर्लाबारीस्थित सुनगाभा सेकेन्डरी स्कुलका छेसाङ तामाङ र उर्लाबारीको पार्लेन्स सेकेन्डरी स्कुलका प्रशुनेहा ठाकुर भए ।

बराबरी अङ्क ल्याएपछि उनीहरूलाई फर्स्ट  रनअरप घोषित गरेको हो ।

प्रतियोगिताको सेकेन्ड रनरअप पथरीस्थित एभरेस्ट स्कुलकी रोशनी गुरुङ घोषित भइन् ।

प्रतियोगिताको विजेताले नगद २५ हजार, द्वितीयले १५ हजार, तृतीयले १० हजार र सान्त्वनाले जनही पाँच हजार रुपैयाँ प्राप्त गरेका छन् ।

प्रतियोगिताको निर्णायकमा गायक साजन राई रहेका थिए ।

‘आवज तपाईंको, गौरव राष्ट्रको, देन निजी विद्यालयको’ भन्ने मूल नाराको साथ प्रत्येक वर्ष एसबीएससी सिङ्गिङ स्टार हुँदै आएको छ ।

प्रतियोगितामा विजेता हुनेहरूलाई कार्यक्रमको प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले पुरस्कार वितरण गरेका थिए ।

झण्डै तीन सय विद्यार्थीहरूबाट विभिन्न चरणको अडिसन राउन्डबाट छनोट भएर फाइनलमा १३ जना पुगेको संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मोहन बुढाथोकीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि विराटनगर महानगरपालिका प्रमुख कोइरालाले विद्यार्थीहरूको प्रतिभा प्रस्फूटन गर्न यस्तो प्रतियोगिताले ठुलो सहयोग पुग्ने बताए ।

आगामी दिनमा पनि यस्तो कार्यक्रमलाई निरन्ता दिनुपर्ने उनले बताए ।

कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, प्याब्सन कोसी प्रदेशका अध्यक्ष टीकाराम पुरी, अभिभाव सङ्घ कोसी प्रदेशका अध्यक्ष देवी पन्थी, संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मोहन बुढाथोकी, पूर्वअध्यक्ष ईन्द्र राईलगायतले बोलेका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०