सिरहा । सिराहामा प्रहरीको गाडीबाट हामोफालेर हत्कडी लगाएका थुनुवा फरार भएका छन् । फरार हुनेमा ३६ वर्षीय छोटु सदाय मुसहर रहेका छन् ।
बाल यौन दुर्व्यवहारको आरोपमा प्रहरीको थुनामा रहेका छोटु अदालत लैजाने क्रममा हत्कडीसहित फरार भएका हुन् ।
उनलाई शुक्रबार म्याद थपका लागि जिल्ला अदालत सिरहा लगिएको थियो ।
सरकारी वकिल कार्यालय नजिक रोकिराखेको गाडीबाट म्याद थपको लागि ओर्लिने क्रममा हत्कडी फुकाल्दै गर्दा उनी हाम फालेर फरार भएका हुन् ।
उनी इलाका प्रहरी कार्यालय लहानको गाडीबाट हामफालेर फरार भएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।
फरार सदायको खोजी भइरहेको सिरहा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्रराज पाण्डेले जानकारी दिए ।