कन्काईमाई दर्शन गर्न हिँडेका थिए, कानेपोखरी बजारमा बसको चक्काले ठोकिएर बिते

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ३ पुस, २०८०
१ वर्षअघि

कानेपोखरी । मोरङको कानेपोखरीमा बसको चक्काले ठोकिएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कानेपोखरी-६ रमाइलोका ३० वर्षीय वीरेन्द्र पौडेल रहेको प्रहरीले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कानेपोखरी बजारमा मङ्गलबार बिहान ९ बजेतिर भएको दुर्घटनामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रमाइलोबाट कन्काईमाइ दर्शन गर्न कानेपाखरी बस स्टेन्ड पुगेका पौडेललाई गुडिरहेको बसको पछाडिपट्टिका चक्का खुस्किएर ठक्कर लागेको थियो ।

पश्चिमबाट पूर्वतर्फ जाँदैगरेको प्र.१-०१-०० ख-३९२२ नम्बरको यात्रुवाहक बसको बायाँतर्फका पछाडिका दुवै चक्का खुस्किएका थिए ।

तीव्र गतिको बसका चक्का खुस्किँदा ट्याम्पोबाट ओर्लिँदै गरेका पौडेललाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते पौडेललाई तत्काल पथरी अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि विराट नर्सिङ होम विराटनगर पठाइएको थियो ।

नर्सिङ होममा उपचारका क्रममा दिउँसो १ बजेतिर मृत्यु भएको कानेपोखरी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गुणराज पोखरेलले जानकारी दिए ।

पौडेल पुस १३ गते वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने तयारीमा रहेका थिए ।

दक्षिण कोरिया जानुअघि तीर्थाटनका लागि कन्काईमाई जान आँटेका थिए ।

 

प्रकाशित समय: मङ्गलबार ३ पुस, २०८०, २०:२४:२४
विराटनगरमा खुकुरी प्रहार गरी एक जना फरार, घटनास्थलमा भेटियो बन्दुक
बिहिबार ६ चैत, २०८१
विराटनगरको दुर्गा चोकमा खुकुरी प्रहार, एक जना घाइते
बिहिबार ६ चैत, २०८१
उपचार खर्च तिर्न नसक्दा गोल्डेन अस्पतालमा शव बन्धक !
बिहिबार ६ चैत, २०८१
लहानमा जातीय विभेदको चरम रूप : महायज्ञ सफल बनाउन दलितलाई उठिवास
बिहिबार ६ चैत, २०८१
सिरहामा अंग्रेजीको प्रश्नपत्र आउट, सिडिओ भन्छन् : मोबाइलको जमाना छ, जे पनि हुन सक्छ
बिहिबार ६ चैत, २०८१
विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा अखिल क्रान्तिकारी विजयी
बिहिबार ६ चैत, २०८१
कामधेनु डेरीका एक सय किसानलाई बिना धितो दुई लाखसम्मको ऋण प्रदान गरिँदै
बुधबार ५ चैत, २०८१
आगोबाट बच्नलाई भाग्दै थिए एक वृद्ध, बारीको डिलबाट लडेर मृत्यु
बुधबार ५ चैत, २०८१
राजतन्त्र फर्किने-नफर्कने विषयमा के भन्छन् बाबुराम भट्टराई ?
बुधबार ५ चैत, २०८१
चन्द्र ढकाललाई अर्को धक्का : पैदलयात्रीसँग रकम असुली गरेपछि चन्द्रागिरी हिल्सलाई यस्तो निर्देशन !
बुधबार ५ चैत, २०८१
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०