कन्काईमाई दर्शन गर्न हिँडेका थिए, कानेपोखरी बजारमा बसको चक्काले ठोकिएर बिते

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ३ पुस, २०८०
३ वर्षअघि

कानेपोखरी । मोरङको कानेपोखरीमा बसको चक्काले ठोकिएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कानेपोखरी-६ रमाइलोका ३० वर्षीय वीरेन्द्र पौडेल रहेको प्रहरीले जनाएको छ ।

Advertisement

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कानेपोखरी बजारमा मङ्गलबार बिहान ९ बजेतिर भएको दुर्घटनामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रमाइलोबाट कन्काईमाइ दर्शन गर्न कानेपाखरी बस स्टेन्ड पुगेका पौडेललाई गुडिरहेको बसको पछाडिपट्टिका चक्का खुस्किएर ठक्कर लागेको थियो ।

पश्चिमबाट पूर्वतर्फ जाँदैगरेको प्र.१-०१-०० ख-३९२२ नम्बरको यात्रुवाहक बसको बायाँतर्फका पछाडिका दुवै चक्का खुस्किएका थिए ।

तीव्र गतिको बसका चक्का खुस्किँदा ट्याम्पोबाट ओर्लिँदै गरेका पौडेललाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते पौडेललाई तत्काल पथरी अस्पताल लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि विराट नर्सिङ होम विराटनगर पठाइएको थियो ।

नर्सिङ होममा उपचारका क्रममा दिउँसो १ बजेतिर मृत्यु भएको कानेपोखरी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गुणराज पोखरेलले जानकारी दिए ।

पौडेल पुस १३ गते वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने तयारीमा रहेका थिए ।

दक्षिण कोरिया जानुअघि तीर्थाटनका लागि कन्काईमाई जान आँटेका थिए ।

 

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०