काठमाडौं । नेपाल प्रहरीले रकम ठगी गर्ने सर्लाहीका कोमलराज उपाध्यायलाई दुबईबाटै पक्राउ गरेको छ ।
सर्लाहीको जानकीनगर गाविस ७ स्थायी घर भई हाल काठमाडौँको कागेश्वरी मनोहरा– ७ घर रहेका ४१ वर्षीय उपाध्यायलाई प्रहरीले पक्राउ गरेको विज्ञप्ति मार्फत जनाएको छ ।
दुबईमा आकर्षक तलबमा काम लगाइदिने भन्दै ८३ जनाबाट दुई करोड ६३ लाख ५४ हजार ६ सय १० रुपैयाँ ठगी गर्ने उपाध्यायलाई प्रहरीले पक्राउ गरेको हो ।
युएईमा लुकेर बसिरहेको अवस्थामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरी कारबाही अघि बढाएको हो ।
श्रीराम रानाभाटसमेत ८३ जना व्यक्तिहरूले ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिएका थिए । त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सी सञ्चालन गरी उपाध्यायले उक्त व्यक्तिहरूबाट ठगी गरेको प्रहरीले जनाएको छ ।