जनक मेमोरियलले गर्‍यो सांसद–विद्यार्थीबीच सवालजवाफ

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २८ मङ्सिर, २०८०
३ वर्षअघि

झोराहाट ।

मोरङको ग्रामथान गाउँपालिका –२ झोराहाटस्थित जनक मेमोरियल सेकेन्डरी बोर्डिङ स्कुलले प्रदेश सांसदसँग विद्यार्थी नामक कार्यक्रम गरेको छ ।

Advertisement

बुधबार विद्यालयले कोसी प्रदेशसभा सदस्यद्वय जयप्रकाश चौधरी र ललिताकुमारी चौधरीसँग अन्तरक्रियात्मक कार्यक्रम सांसदसँग विद्यार्थी कार्यक्रम गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश सांसद जयप्रकाश मोरङ क्षेत्र नम्बर ४ (क) मा नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् भने ललिता एमालेकै समानुपातिक सांसद हुन् ।

उनीहरूले प्रदेशसभा सञ्चालन, सदनका समितिहरूको बनोट, बैठकको शून्य समय र विशेष समयलगायतबारे विद्यार्थीहरूलाई जानकारी गराएका थिए ।

सांसद जयप्रकाश चौधरीले जनक मेमोरियलले विद्यालयको शैक्षिक गतिविधिसँगै अतिरिक्त गतिविधिअन्तर्गत राम्रो अभियानको थालनी गरेको भन्दै प्रशंसा गरे ।

आजका कर्णधार विद्यार्थी भोलिका समाजसेवी, राजनीतिज्ञलगायत उच्च ओहदामा पुग्न सक्ने औंल्याउँदै उनले सांसद र सदनका विषयमा विद्यार्थीहरूलाई जानकारी दिइनुपर्ने धारणा राखे ।

यस्तै, सांसद ललिता चौधरीले विद्यार्थी र सांसदबीचको अन्तरक्रियाले विद्यार्थीमा निहीत क्षमता अझ निखारिने मात्र नभएर सांसदहरूलाई जबाफमुखी हुन सघाउ पुग्ने उल्लेख गरिन् ।

जनक मेमोरियलमा कक्षा १० मा अध्यनरत छात्राहरूले विभिन्न विषयमा आफ्ना उत्सुकता सांसदसमक्ष राखेका थिए ।

प्रदेशलाई समृद्धिको बाटोतर्फ अग्रसर बनाउन सांसदको भूमिका कस्तो रहने र छात्राहरूलाई सेनेटरी प्याडको व्यवस्था गर्नुपर्ने विद्यार्थीहरूको धारणा थियो ।

जवाफमा सांसद जयप्रकाशले आफूहरूले यस्ता विषयहरूमा सदनमा राख्ने गरेको सुनाउँदै चाँडै नै सम्बोधन हुनेमा आफूहरू विश्वस्त रहेको सुनाए ।

जनक मेमोरियलले प्रदेश सांसदसँग विद्यार्थी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रदेशसभा भवनमै लगेरविद्यार्थीलाई सदनबारे प्रत्यक्ष जानकारी दिने विद्यालयको योजना रहेको छ ।

कार्यक्रममा विद्यालयका लेखा अधिकृत आलोक अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने सामाजिक शिक्षा अध्यापन गराउने शिक्षक सुरज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रमका अध्यक्षसमेत रहेका विद्यालयका प्रधानाध्यापक सुनील भगतले कार्यक्रमको समापन गरेका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

आईतबार २ कार्तिक, २०८३
१ घण्टाअघि

३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख

आईतबार २ कार्तिक, २०८३
२ घण्टाअघि

जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ

आईतबार २ कार्तिक, २०८३
४ घण्टाअघि

इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा

आईतबार २ कार्तिक, २०८३
४ घण्टाअघि

जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो

आईतबार २ कार्तिक, २०८३
५ घण्टाअघि

जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’

आईतबार २ कार्तिक, २०८३
७ घण्टाअघि
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
बागलुङका बाढीपहिरो प्रभावित सडक सञ्चालनमा, पुनर्निर्माणका लागि एक अर्बभन्दा बढी लाग्ने अनुमान
आईतबार २ कार्तिक, २०८३
दसैँको शुभकामनासँगै गोकुल बास्कोटाको राजनीतिक व्यंग्य, जीबी राईको प्रसंग पनि जोडे
आईतबार २ कार्तिक, २०८३
मध्यपहाडी लोकमार्गबाट सुनकोशीमा खस्यो सुमो, तीन महिलाको ज्यान गयो, तीन बेपत्ता
आईतबार २ कार्तिक, २०८३
दुहबीको मेयरबाट कांग्रेसको केन्द्रीय सदस्यसम्म, यस्तो छ वेद गच्छदारको राजनीतिक यात्रा
शनिवार १ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०