जनक मेमोरियलले गर्‍यो सांसद–विद्यार्थीबीच सवालजवाफ

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २८ मङ्सिर, २०८०
३ वर्षअघि

झोराहाट ।

मोरङको ग्रामथान गाउँपालिका –२ झोराहाटस्थित जनक मेमोरियल सेकेन्डरी बोर्डिङ स्कुलले प्रदेश सांसदसँग विद्यार्थी नामक कार्यक्रम गरेको छ ।

Advertisement

बुधबार विद्यालयले कोसी प्रदेशसभा सदस्यद्वय जयप्रकाश चौधरी र ललिताकुमारी चौधरीसँग अन्तरक्रियात्मक कार्यक्रम सांसदसँग विद्यार्थी कार्यक्रम गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश सांसद जयप्रकाश मोरङ क्षेत्र नम्बर ४ (क) मा नेकपा एमालेबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् भने ललिता एमालेकै समानुपातिक सांसद हुन् ।

उनीहरूले प्रदेशसभा सञ्चालन, सदनका समितिहरूको बनोट, बैठकको शून्य समय र विशेष समयलगायतबारे विद्यार्थीहरूलाई जानकारी गराएका थिए ।

सांसद जयप्रकाश चौधरीले जनक मेमोरियलले विद्यालयको शैक्षिक गतिविधिसँगै अतिरिक्त गतिविधिअन्तर्गत राम्रो अभियानको थालनी गरेको भन्दै प्रशंसा गरे ।

आजका कर्णधार विद्यार्थी भोलिका समाजसेवी, राजनीतिज्ञलगायत उच्च ओहदामा पुग्न सक्ने औंल्याउँदै उनले सांसद र सदनका विषयमा विद्यार्थीहरूलाई जानकारी दिइनुपर्ने धारणा राखे ।

यस्तै, सांसद ललिता चौधरीले विद्यार्थी र सांसदबीचको अन्तरक्रियाले विद्यार्थीमा निहीत क्षमता अझ निखारिने मात्र नभएर सांसदहरूलाई जबाफमुखी हुन सघाउ पुग्ने उल्लेख गरिन् ।

जनक मेमोरियलमा कक्षा १० मा अध्यनरत छात्राहरूले विभिन्न विषयमा आफ्ना उत्सुकता सांसदसमक्ष राखेका थिए ।

प्रदेशलाई समृद्धिको बाटोतर्फ अग्रसर बनाउन सांसदको भूमिका कस्तो रहने र छात्राहरूलाई सेनेटरी प्याडको व्यवस्था गर्नुपर्ने विद्यार्थीहरूको धारणा थियो ।

जवाफमा सांसद जयप्रकाशले आफूहरूले यस्ता विषयहरूमा सदनमा राख्ने गरेको सुनाउँदै चाँडै नै सम्बोधन हुनेमा आफूहरू विश्वस्त रहेको सुनाए ।

जनक मेमोरियलले प्रदेश सांसदसँग विद्यार्थी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

प्रदेशसभा भवनमै लगेरविद्यार्थीलाई सदनबारे प्रत्यक्ष जानकारी दिने विद्यालयको योजना रहेको छ ।

कार्यक्रममा विद्यालयका लेखा अधिकृत आलोक अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने सामाजिक शिक्षा अध्यापन गराउने शिक्षक सुरज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रमका अध्यक्षसमेत रहेका विद्यालयका प्रधानाध्यापक सुनील भगतले कार्यक्रमको समापन गरेका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

एल निनोको प्रभावले सन् २०२७ मा विश्व तापक्रमले नयाँ रेकर्ड बनाउने चेतावनी

सोमबार २६ असोज, २०८३
१६ घण्टाअघि

मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध

सोमबार २६ असोज, २०८३
१६ घण्टाअघि

सुदूरपश्चिमको बजेटमै विवाद, सत्तारूढ सांसदकै विरोधपछि प्रदेशसभा बैठक सर्‍यो

सोमबार २६ असोज, २०८३
१७ घण्टाअघि

जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध उजुरी

सोमबार २६ असोज, २०८३
१७ घण्टाअघि

गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत प्रस्थान

सोमबार २६ असोज, २०८३
१८ घण्टाअघि

स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता

सोमबार २६ असोज, २०८३
१९ घण्टाअघि
एल निनोको प्रभावले सन् २०२७ मा विश्व तापक्रमले नयाँ रेकर्ड बनाउने चेतावनी
सोमबार २६ असोज, २०८३
मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध
सोमबार २६ असोज, २०८३
पाकिस्तानमा आपत्कालीन शासनपछि पीटीआईका २७८ नेता–कार्यकर्ता पक्राउ
सोमबार २६ असोज, २०८३
सुदूरपश्चिमको बजेटमै विवाद, सत्तारूढ सांसदकै विरोधपछि प्रदेशसभा बैठक सर्‍यो
सोमबार २६ असोज, २०८३
जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध उजुरी
सोमबार २६ असोज, २०८३
गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत प्रस्थान
सोमबार २६ असोज, २०८३
स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता
सोमबार २६ असोज, २०८३
बूढीगण्डकी बाढीको कारण हिमपहिरो भएको सरकारको प्रारम्भिक निष्कर्ष
सोमबार २६ असोज, २०८३
प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन काठमाडौंमा हुने
सोमबार २६ असोज, २०८३
महामन्त्रीमा पराजित घिमिरेको प्रतिक्रिया : हार–जित स्वाभाविक, राजनीतिक यात्रा जारी रहने
सोमबार २६ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०