मिसन ८४ भन्नेहरूलाई मन्त्री उप्रेतीको जवाफ : ८४ मा चुनावबाहेक केही पनि हुँदैन

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २८ मङ्सिर, २०८०
२ वर्षअघि

रतुवामाई ।

कोसी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती ‘सुशील’ ले २०८४ सालमा हुने निर्वाचन लक्षित गर्नेहरूलाई जवाफ दिएका छन् ।

बिहीबार मोरङ रतुवामाई नगरपालिका–४ झुर्कियास्थित रतुवामाई नगर अस्पतालको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री उप्रेतीले ‘मिसन ८४’ भन्नेहरूलाई जवाफ दिएका हुन् ।

वर्तमान गठबन्धनको सरकारले ठिक ढङ्गका साथ काम गरिरहेको अवस्थामा अवरोध गर्नेगरी केही दलहरूले ‘मिसन ८४’ को रटान रटेको मन्त्री उप्रेतीको भनाइ छ ।

‘अहिले सरकारले ठिक ढङ्गले काम गरिरहेको छ, काम गर्न दिइनुपर्छ,’ उनले भने, ‘तर, आज एकथरि मानिसहरू सहरको एउटा कुनामा बसेर तथाकथित मिसन ८४ भन्दै सरकार हरेक काममा अवरोध गरिरहेका छन् ।’

‘के हो यो मिसन ८४ ?,’ मन्त्री उप्रेतीको प्रश्न छ, ‘मिसन आज हुनुपर्‍यो । आज केही नगर्नेले ८४ मा के गर्न सक्छन् ? ८४ मा जम्मा चुनाव हुन्छ, जुन यसअघि पटक–पटक भएका छन् । चुनाव आउँछ-जान्छ । एउटाले जित्छ, अर्कोले हार्छ । चुनावमात्र लक्षित हुनेले काम गर्न सक्तैन ।’

मन्त्री उप्रेतीले सुशसानको पक्षमा रहेको वर्तमान सरकारले हजारौं भ्रष्टाचारीलाई पक्राउ गरिसकेको स्मरण गराए ।

तर, यस्ता कामहरू नजरअन्दाज गरेर मिसन ८४ को रटान लगाउँदै सरकारलाई आतङ्कित पार्ने कार्य भइरहेको उनको भनाइ थियो ।

यस्तै, मन्त्री उप्रेतीले विभिन्न बाधा–अवरोधका बीच पनि झुर्कियामा नगर अस्पताल बनेकामा खुसी व्यक्त गरे ।

तथापि, हाल रेफर सेन्टरमात्रै रहेको नगर अस्पताललाई साँच्चिकै गरिब दुःखीको अस्पताल बनाउनुपर्नेमा उनको जोड थियो ।

भवनको शिलान्यासपछि वर्षौंसम्म संरचना तयार नहुँदा जनताले सास्ती बेहोर्नु पर्ने कुरा सुनाउँदै उनले अस्पतालको भवन समयसीमाभित्रै सकिदिन ठेकेदार कम्पनीसमक्ष आग्रह गरे ।

कार्यक्रमका प्रमुख अतिथि तथा सङ्घका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले जनताले स्वास्थ्य सुबिधा पाउनका लागि भवन आवश्यक पर्ने भएकाले झुर्कियामा भवनको शिलान्यास भएको बताए ।

भवन, प्राविधिक कर्मचारी र उपकरणबिनाको स्वास्थ्य क्षेत्रले सेवा दिन नसक्ने बताउँदै उनले भवन बनिसकेपछि आवश्यक जनशक्ति र स्वास्थ्य सामग्री पठाउने प्रतिबद्धता जनाए ।

रतुवामाई नगरपालिकाका नगरप्रमुख नागेश्वरप्रसाद सिंह र नगर उपप्रमुख दमयन्तादेवी चुँडालले झुर्किया नगर अस्पताल निर्माणका लागि निकै सङ्घर्ष गर्नुपरेको सुनाए ।

सङ्घीय सरकारको दश करोड ८३ लाख ३९ हजार ९३४ रुपैयाँमा निर्माण हुने अस्पताल २०८२ भदौमा निर्माण सम्पन्न हुने बताइएको छ ।

जे एन्ड जे निर्माण सेवा प्रालिले भवन निर्माणका लागि गत भदौमा सम्झौता गरेको भए पनि आजमात्र भवनको शिलान्यास भएको हो ।

प्रकाशित समय: बिहिबार २८ मङ्सिर, २०८०, २०:२८:२४
गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
बुधबार ९ ब‌ैशाख, २०८३
‘इभी’को भाडा नबढाउन यातायात व्यवस्था विभागको निर्देशन
बुधबार ९ ब‌ैशाख, २०८३
सुदन किरातीले प्रलोपाबाट दिए राजीनामा, ५ महिनाको यात्रा समाप्त
बुधबार ९ ब‌ैशाख, २०८३
प्रलोपाको साधारण सदस्य समेत नरहने सुदन किरातीको घोषणा
बुधबार ९ ब‌ैशाख, २०८३
फेरी घट्यो  सुन–चाँदी दुवैको मूल्य 
बुधबार ९ ब‌ैशाख, २०८३
विद्यार्थीलाई गाडी भाडामा ४५ प्रतिशत छुट दिन सरकारको निर्देशन
बुधबार ९ ब‌ैशाख, २०८३
गगन थापा आज विराटनगरमा, कांग्रेसको रणनीति बैठकमा सम्बोधन गर्ने
बुधबार ९ ब‌ैशाख, २०८३
कूटनीतिक राहदानीसहितका विषयमा आज छलफल, सभामुखले बोलाए सचेतकहरूको बैठक
बुधबार ९ ब‌ैशाख, २०८३
नेपालको उत्कृष्ट बलिङ, युएईविरुद्ध १२९ रनको लक्ष्य
मङ्गलबार ८ ब‌ैशाख, २०८३
बिराट किचनले पायो खाद्य स्वच्छता स्तरको सर्वोच्च ‘क’ वर्ग
मङ्गलबार ८ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०