निजी हातहतियार १५ दिनभित्र बुझाउन झापा प्रशासनको आग्रह

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ९ चैत, २०७८
३ वर्षअघि
निजी हातहतियार

आउँदाे स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय झापाले व्यक्तिका नाममा रहेका निजी हातहतियार प्रशासनलाई बुझाइदिन आग्रह गरेको छ ।

निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय झापाले आज एक सूचना जारी गरी झापा जिल्लाभित्र इजाजत प्राप्त गरी विभिन्न व्यक्तिको नाममा रहेका हातहतियार बुझाउन आग्रह गरेको हो ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकाे सुरक्षालाई मध्यनजर गर्दै गरिएकाे अनुराेध अनुसार व्यक्तिका नाममा रहेका हातहतियार नजिकको प्रहरी एकाइमार्फत जिल्ला प्रहरी कार्यालयमा बुझाउन भनिएकाे छ ।

सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले जानकारी दिए अनुसार सूचना जारी गरिएको १५ दिनभित्र हातहतियार बुझाइ सक्नु पर्नेछ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारीले बुझाइएकाे हातहतियार निर्वाचन सम्पन्न भएपछि सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिने जानकारी दिएका छन् ।

नेपाल सरकारले २०७९ साल वैशाख ३० गते एकै चरणमा नेपालभर स्थानीय तहकाे निर्वाचन गर्ने घाेषणा गरिसकेकाले सम्बन्धित निकायले साेही अनुसार आ–आफ्नाे तयारी गरिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय झापाद्वारा जारी गरिएकाे सूचना

IMG_0016(1).jpg

प्रकाशित समय: बुधबार ९ चैत, २०७८, १८:५५:०१
खबर पूर्वाञ्चल अनलाइनको १०औँ वार्षिकोत्सव
सोमबार २९ ब‌ैशाख, २०८२
भक्तपुरबाट ट्रकसहित ७२ लाख बराबरको सामान बरामद
सोमबार २९ ब‌ैशाख, २०८२
लेन्सकी पनि पुटिनसँग वार्ताका लागि तयार
सोमबार २९ ब‌ैशाख, २०८२
हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
सोमबार २९ ब‌ैशाख, २०८२
बुद्ध मार्ग अनुसरण गर्नु नै स्थायी शान्तिको आधार : सभामुख घिमिरे
सोमबार २९ ब‌ैशाख, २०८२
विराटनगरको आदर्श विद्यालयमा सीप उत्सव, सूचना तथा प्रविधिमा पुष्पा र चन्द्रावती उत्कृष्ट
आईतबार २८ ब‌ैशाख, २०८२
कश्मीरमा ट्रम्पको मध्यस्थता प्रस्तावमा कुनै तेस्रो पक्षको भूमिका छैन : भारतीय परराष्ट्रविद्
आईतबार २८ ब‌ैशाख, २०८२
जाजरकोटमा कारागारमा थुनुवा मृत फेला
आईतबार २८ ब‌ैशाख, २०८२
महन्थ ठाकुरको अध्यक्षतामा मोर्चाको बैठक बस्ने
आईतबार २८ ब‌ैशाख, २०८२
महेश थापा र लिलादेवी गड्तौला आयोग अध्यक्षका लागि सिफारिस
आईतबार २८ ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०