‘ए मेरो हजुर ४’ को ‘सुन्तला’ रिलिज (भिडियोसहित)

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २४ फाल्गुण, २०७८
४ वर्षअघि
ए मेरो हजुर

अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहेको ‘ए मेरो हजुर ४’को दोस्रो गीत सार्वजनिक भएको छ ।

नारी दिवसको अवसरमा निर्माण टिमले ‘सुन्तला’ बोलको गीत यूट्युबमा सार्वजनिक गरेको हो ।

डान्सिङ नम्बरमा तयार गरिएको गीतमा मेलिना राई र निशान भट्टराईले स्वर दिएका छन् ।

गीतमा वसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा अनमोल र सुहाना सहित अभिनेता सलोन बस्नेतलाई पनि देखाइएको छ ।

यसअघि फिल्मको पहिलो गीत ‘फूलको थुंगा हौकि’ सार्वजनिक भएको थियो ।

झरना थापा निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ आउँदो बैशाख १ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

झरना थापा र स्वर्गीय छेतन गुरुङको लेखनमा तयार भएको फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।

पटकथा र संवादमा मन्दिप गौतम, प्रतिक पौडेल, बाबुराम दाहाल, उपकार पाण्डे र माधव शर्माले सघाएका छन् ।

साथै, फिल्ममा मित्र डि. गुरुङको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, शैलेश श्रेष्ठको ब्याकग्राउन्ड स्कोर र हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ ।

प्रकाशित समय: मङ्गलबार २४ फाल्गुण, २०७८, २१:५१:१७
काक्रोच पार्टी अघि बढेसँगै मोदीले छाडे संसद भवन, दिल्लीमा सुरक्षा व्यवस्था कडा
सोमबार ४ साउन, २०८३
बाजुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते
सोमबार ४ साउन, २०८३
दिल्लीमा संसद भवनतर्फ लागेका काक्रोच पार्टीका कार्यकर्तामाथि प्रहरीले गरे लाठी चार्ज
सोमबार ४ साउन, २०८३
सार्वजनिक बिदा पुनरवलोकन गर्न कार्यदल गठन गरिने
सोमबार ४ साउन, २०८३
सदर चिडियाखाना २७ दिन बन्द हुँदा ३ करोड घाटा
सोमबार ४ साउन, २०८३
भूमिहीनलाई जग्गाका लागि आवेदन खुला, ३५ दिनभित्र निवेदन दिनुपर्ने
सोमबार ४ साउन, २०८३
श्रीलंका भ्रमण सकेर स्वदेश फर्किए प्रचण्ड, दक्षिण एशियाली वामपन्थी सहकार्यमा जोड
सोमबार ४ साउन, २०८३
मोरङको कटहरीमा ऐतिहासिक श्रीमद् देवीभागवत नवाह भक्ति महोत्सव हुँदै
सोमबार ४ साउन, २०८३
सुकुना विद्यालयमा शिक्षकविरुद्ध प्रदर्शन गराउने आरोपमा थप तीन पक्राउ
सोमबार ४ साउन, २०८३
प्रधानमन्त्री बालेनले आज पुँजी बजार र बीमा क्षेत्रका सरोकारवालासँग छलफल गर्दै
सोमबार ४ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०