अभिनेता पल शाह सात दिन प्रहरी हिरासतमा बस्नुपर्ने भएको छ ।
आइतबार जिल्ला प्रहरी कार्यलय तनहुँमा आत्मसमर्पण गरेका शाहलाई जिल्ला अदालत तनहुँले प्रहरी अनुसन्धानका लागी सात दिनको म्याद दिएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी राजेन्द्रबाबु रेग्मीले अभिनेता शाह पक्राउ परेपछि अनुसन्धानका लागि अदालतबाट सात दिनको म्याद लिइएको जानकारी दिए ।
उनले पीडितलाई न्याय दिनेगरी जबर्जस्ती करणी सम्बन्धि शाहविरुद्ध परेको किटानी जाहेरीको अनुसन्धान सुरु गरिसकेको बताए ।
नाबालिग गायिकालाई विवाह गर्छु भनेर फकाएर जबरजस्ती यौन सम्बन्ध राखेको भन्दै गत बुधबार जिल्ला प्रहरी कार्यालय, तनहुँमा अभिनेता पल शाहविरुद्ध जबर्जस्ति करणीको किटानी जाहेरी दर्ता भएको थियो ।