झापाकी कृपा पौडेलले नेपाली गायन रियालिटी सो ‘सारेगमप लिटल च्याम्प’को उपाधि जितेकी छन् ।
शनिबार राति भएको ग्रान्ड फिनालेमा बिर्तामोड नगरपालिका–३ रामचोक घर भएकी कृपा अन्य चार प्रतिस्पर्धीलाई उछिन्दै विजेता बनिन् ।
निर्णायकत्रय न्हु बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा, ग्रान्ड जुरी र समर्थकलाई मुहुनी लगाउँदै १४ वर्षीया कृपा फाइनल (टप फाइभ) मा पुगेका थिइन् ।
रोशा र कृपासँगै पर्वतका अरुण सुनार, भारत सिलिगुडीका आदित्य विश्वकर्मा र भक्तपुरकी अविज्ञा घिमिरे शीर्ष पाँचमा पुगेका थिए । तर उपाधि भिडन्तमा भने उत्कृष्ट ठहरिएकी कृपाले उपाधिसँगै नगद १५ लाख रुपैयाँ जितिन् ।
यस्तै, झापाकै रोशा फुयाँल सारेगमपमा दोस्रो भइन् । मेचीनगर नगरपालिका–८ स्थायी घर भएकी रोशा हाल बिर्तामोड–५ बस्छिन् । यसैगरी, प्रतियोगिताको तेस्रो आदित्य विश्वकर्मा तेस्रो भए ।