ट्विटरमा बाबुराम र भीम रावलको जुहारी: कसको पिएचडी नक्कली भन्दै सवाल–जवाफ

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १८ माघ, २०७८
५ वर्षअघि
बाबुराम भर्सेज भीम रावल

पूर्वप्रधानमन्त्री एवम् जसपा नेता बाबुराम भट्टराई र नेकपा एमाले नेता भीम रावलबीच जुहारी चलेको छ । अमेरिकी सहायता परियोजना (एमसिसी) लाई लिएर गरेको टिप्पणीका कारण दुवै नेताबीच सामाजिक सञ्जाल ट्विटरमा जुहारी चलेको हो ।

सोमबार एमसिसीबारे स्मृतिपत्र सार्वजनिक गर्दै रावलले बाबुरामले गोप्य एमसिसी सम्झौता गरेको आरोप लगाएपछि बाबुरामले त्यसको जवाफ सामाजिक सञ्जालमा फर्काएका थिए । त्यसकैको जवाफ फर्काउँदै नेता रावलले भट्टरार्ईलाई घोचपेच गरेका हुन् ।

उनीहरूबीचको जुहारी अहिले व्यक्तिगत तहमा पुगेको छ । बाबुरामले रावललाई नक्कली विद्यावारिधिको पदवीवाला भएको अरोप लगाएपछि रावलले पनि त्यसको जवाफ दिएका छन् ।

‘यी कणले पीएचडी गरेको भनेर नाउको अगाडि ‘डा.’ पनि झुन्ड्याउँछन्,’ भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘विद्यावारिधि गर्दा कसैबारे कुनै दाबी गरियो भने त्यसको स्रोत/मिति/स्थान खुलाउनुपर्छ । उनले दाबी गरेजस्तो ‘बाबुरामले गोप्य रूपमा एमसिसी सम्झौता गरेको हो’ भने कहिले, कहाँ, कसरी खुलाउनुपर्दैन ? कि यी नक्कली पिएचडी हुन् ?’

रावलले ट्वीटको जवाफमा लेखेका छन्, ‘बाबुरामजी प्रम हुँदा २०६८ मा चुपचाप एमसिसीसँग पत्राचार गरी टोली गठन गरिएको तथ्य मैले उल्लेख गरेको छु । त्यो बेला दलीय सहमतिबाट मात्र त्यस्तो गर्नसकिन्थ्यो तर जानकारीसम्म गराइएन । पिएचडी नक्कली सीमापारी हुने गरेको सधैँ चर्चा हुन्छ, त्रि.वि.वि. बाट पीएचडी कसैको नक्कली हुने चर्चा नै हुन्न ।’

एमसिसीकाे विपक्षमा देखिएका एमाले नेता रावलले एमसिसी सम्झाैता राष्ट्रिय हितमा नरहेकाले संसदबाट अनुमाेदन नगराउन ध्यानाकर्षण गर्दै आइरहेका छन् ।

यता पूर्वप्रधानमन्त्री समेत रहेको भट्टराई भने आलटाल नगरी एमसिसीलाई सर्वसम्मतिले संसदबाट पारित गरिनुपर्छ भन्ने पक्षमा छन् । चीन, भारत र अन्य राष्ट्रका अनुदान चल्ने तर अमेरिकी पुँजी अछुत हुने भन्दै उनले प्रश्न समेत गरिरहेका छन् ।

प्रकाशित समय: मङ्गलबार १८ माघ, २०७८, १५:५६:३२

सम्बन्धित खबर

भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक

बिहिबार ८ असोज, २०८३
१० घण्टाअघि

लेखक भरतमणि दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, अनुसन्धान भने जारी रहने

बिहिबार ८ असोज, २०८३
१० घण्टाअघि

एमालेमा विद्यादेवी भण्डारीको पुनरागमन, वरिष्ठ नेतामा अनुमोदित

बिहिबार ८ असोज, २०८३
१० घण्टाअघि

कांग्रेसको १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक

बिहिबार ८ असोज, २०८३
११ घण्टाअघि

पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा प्रस्तावित

बिहिबार ८ असोज, २०८३
११ घण्टाअघि

पाँच दिनसम्म ठूला नदीमा जलसतह बढ्ने, दर्जनौँ जिल्लामा बाढीको जोखिम

बिहिबार ८ असोज, २०८३
१४ घण्टाअघि
भारी वर्षा र हिमपातको जोखिमपछि मनाङका उच्च हिमाली क्षेत्रमा पदयात्रा रोक
बिहिबार ८ असोज, २०८३
लेखक भरतमणि दाहाललाई थुनामुक्त गर्न सर्वोच्चको आदेश, अनुसन्धान भने जारी रहने
बिहिबार ८ असोज, २०८३
एमालेमा विद्यादेवी भण्डारीको पुनरागमन, वरिष्ठ नेतामा अनुमोदित
बिहिबार ८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशनको लोगो र नारा सार्वजनिक
बिहिबार ८ असोज, २०८३
पूर्वराष्ट्रपति भण्डारी एमालेको वरिष्ठ नेतामा प्रस्तावित
बिहिबार ८ असोज, २०८३
पाँच दिनसम्म ठूला नदीमा जलसतह बढ्ने, दर्जनौँ जिल्लामा बाढीको जोखिम
बिहिबार ८ असोज, २०८३
रोशी खोलाको बीचमा यात्रुबाहक बस फस्यो, स्थानीयको सहयोगमा यात्रुको गरियो उद्धार
बिहिबार ८ असोज, २०८३
कोशी प्रदेशमा बाढीको जोखिम : विपद् व्यवस्थापन संयन्त्र ‘अलर्ट’ मा
बिहिबार ८ असोज, २०८३
भारी वर्षाको जोखिमका कारण विराटनगरका विद्यालय दुई दिन बन्द
बिहिबार ८ असोज, २०८३
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०