नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार आठ सय २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
१३ हजार सात सय ९१ जनाको पीसीआर परीक्षण गर्दा चार हजार आठ सय सात जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, छ हजार ८७ नमुनाको एन्टिजेन परीक्षण गर्दा दुई हजार २० जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुन सङ्क्रमितको सङ्ख्या १० लाख ६८ हजार नौ सय ३२ पुगेको छ ।
मन्त्रालयले जनाएअनुसार सो समयमा कोभिडका कारण १० जनाको मृत्यु भएको छ । नेपाल मृत्यु हुनेको सङ्ख्या ११ हजार ६ सय ९७ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार चार सय ३५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।