नेपाल सरकारले सन् २०२१ को पहिलो ६ महिनामा पाँचजना ट्वीटर प्रयोगकर्ताको अकाउन्ट हटाउन अनुरोध गरेको छ ।
ट्वीटरले सन् २०२१ को पहिलो ६ महिनाको ‘इन्फर्मेसन रिक्वेस्ट रिपोर्ट’ सार्वजनिक गर्दै यस विषयमा जानकारी गराएको हो ।
अकाउन्ट हटाउन कूल पाँचवटा परेको अनुराेधमध्ये एउटा निवेदन अदालतको निर्णयसहित आएको जनाइएको छ । बाँकी चारवटा सरकारी तथा सुरक्षा निकायबाट आएको निवेदन रहेको प्रतिवेदमा उल्लेख गरिएको छ ।
त्यस्तै, सन् २०२१ को पहिलो ६ महिनामा नेपालको तर्फबाट अकाउन्टको जानकारी लिने हिसाबले कुनै निवेदन परेका छैनन् ।
ट्वीटरले हरेक ६ महिनामा कुनै अकाउन्टको जानकारी मागिएको, कुनै अकाउन्ट हटाउन अनुराेध तथा गुनासो गरिएको जानकारी सार्वजनिक गर्दै आएको छ ।
जसमा सन् २०१२ को जनवरीदेखि जुनसम्म ३० वटा अकाउन्ट हटाउन निवेदन परेका छन् भने २४ वटा अकाउन्टकाे विषयमा नेपाल सरकारले जानकारी माग गरेको छ ।