प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि (शनिबार)का लागि सर्वदलीय बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार प्रम देउवाले भोलि बिहान साढे ९ बजेका लागि बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन् ।
आगामी निर्वाचनलगायतका बिषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ । शुक्रबार बसेको पाँच दलको बैठकले स्थानीय तहको निर्वाचनको मिति तोक्न कानुनविद्हरुसँग परामर्शन गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री देउवाले पनि राष्ट्रका नाममा सम्बोधन गर्दै एक वर्षभित्र तीनवटै तहको निर्वाचन सम्पन्न गर्ने बताएका थिए ।