सरकारले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाएको छ ।
शुक्रबार गृह मन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै कोरोना सङ्क्रमण उच्च भएकाले खाडी मुलुकमा जान रोक लगाएको जानकारी गराएको हो ।
गृहका प्रवक्ता फडिन्द्रमणि पोखरेलले कोरोना सङ्क्रमण बढेसँगै खाडी मुलुकमा पुगेर अलपत्र पर्ने नेपालीको सङ्ख्या बढेको भन्दै भिजिट भिसामा त्यहाँ जान रोक लगाएको जनाए ।
अर्को आदेश नभएसम्म माघ १० गतेदेखि लागू हुनेगरी सरकारले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाएको उनको भनाइ छ ।