उपत्यकामा निजी तथा सार्वजनिक यातायातका साधनमा जोरबिजोर प्रणाली लागू हुने भएको छ ।
शुक्रबार रातिदेखि लागू हुने गरी जोरबिजोर प्रणाली लागू गर्ने उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको हो ।
कोरोना सङ्क्रमणको जोखिम कम नभएसम्मका लागि जोरबिजोर प्रणाली लागू गरेको बिहीबार बसेको काठमाडौँ‚ ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निर्णय गरेको हो ।
ललितपुरका प्रजिअ घनश्याम उपाध्यायखा अनुसार जोरबिजोरलाई कडाईका साथ लागू गरिनुका साथै मानिसको आवागमन जतिसक्दो कम हुने गरी प्रशासनले आदेश जारी गरेको हो ।