नेपालमा ११ हजार भन्दा बढीले कोरोना भाइरसविरुद्धको बुस्टर डोज लगाएका छन् ।
बुधबारसम्म ११ हजार दुई सय ४७ जनाले बुस्टर डोज लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । सरकारले अग्रपंक्तिमा खटेर काम गर्ने व्यक्तिलाई माघ २ गतेदेखि बुस्टर डोज दिन थालेको हाे । कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाइ छ महिना पूरा भएका, ६० वर्षभन्दा माथि तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका सबैलाई बुस्टर डोज दिइने छ।
नेपालमा अहिलेसम्म एक करोड २४ लाख बढीले खोपको दुवै डोज र एक करोड ६० लाख लाख बढीले खोपको पहिलो मात्रा लगाएका छन् ।