भारतमा भेटिन्छन् नेपालका ७५ प्रतिशत गोही !

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ४ माघ, २०७८
२ वर्षअघि

नेपालमा रेडियो कलर जडान गरेको घडियाल गोही वि.सं. २०४६ सालमा भारतको पटनामा भेटिएको थियो ।

तर त्यसलाई अमेरिकाले भारतमा जासुसी गर्न गोही प्रयोग गरेको भन्ने हल्ला फैलायो । वास्तविकता नबुझी यस्तो हल्ला फिँजायो ।

नेपालले जासुसी गर्न नभएर नदीमा छाड्ने गोहीको अनुगमनका लागि रेडियो कलर जडान गर्छ ।

अनुगमन गर्न कसरास्थित घडियाल प्रजनन केन्द्रले रेडियो कलर जडान गरेर राप्ती नदीमा छाडेको गोही भारतको पटना पुगेको थियो भएपनि अमेरिकी जासुस भनेर अनावश्यक चर्चा गरेको चितवन राष्ट्रिय निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत रामप्रीत यादव बताउँछन् ।

यसरी नै रेडियो कलर जडान गरेका गोही २०७५ जेठ ४ गते भारतकै पश्चिम बङ्गालको हुग्ली नदीमा र साउन ५ गते महानन्दी नदीमा भेटिएको थियो ।

गोहीको यो यात्रा अचम्मको थियो ।

लामो समय घडियाल प्रजनन केन्द्रको प्रमुख भएर हालै सेवानिवृत्त घडियालविज्ञ वेदबहादुर खड्का गोहीहरू एक हजार दुई सय किलोमिटरसम्म बगेर जाने गरेको अनुभव सुनाउँछन् ।

यी घटनाले नेपालको प्रजनन केन्द्रमा हुर्काएर विभिन्न नदीमा छाडिएका गोही धमाधम भारत पुगिरहेको देखाउँछ ।

तर कति भारत पुगे भन्ने यकिन तथ्याङ्क छैन ।

यसरी बगेका गोहीलाई नेपाल फर्काउन नसकिने अवस्था पनि छैन ।

विश्वमै दुर्लभ मानिएको घडियाल नेपाल र भारतमा मात्रै पाइने सरिसृप हो ।

नारायणी र राप्तीबाहेक बबई, कोसी र कर्णालीमा पनि यो गोही भेटिन्छ ।

नेपालमा पहिलो पटक चितवन राष्ट्रिय निकुञ्जले सन् १९७८ मा घडियाल प्रजनन केन्द्र स्थापना गरी गोही प्रजनन र सन् १९८१ देखि नदीहरूमा छाड्न थालेको हो ।

हुर्काइएकामध्ये एक हजार ५९७ गोही नेपालका नदीहरूमा छाडिएका छन् ।

सबैभन्दा बढी चितवनको राप्ती नदीमा ९५२ गोही छाडिएका छन् ।

पछिल्लो पटक यस नदीमा गत मङ्सिर १९ गते १२ वटा घडियाल छाडिएका छन् ।

यस्तै, नारायणीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोसीमा ९५, कर्णालीमा ४१ र बबईमा ११० वटा गोही छाडिएका छन् ।

पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही छन् ।

यो दुई वर्षअघि अर्थात सन् २०२० को गणनाको तथ्याङ्क हो ।

यद्यपि अहिले राप्ती र नारायणीमा गरी २४० देखि २५० घडियाल रहेको विज्ञहरूको दाबी छ ।

यस तथ्यलाई हेर्दा हाम्रा नदीमा छाडिएका गोही दक्षिणतिर गएको देखिने विज्ञ खड्का बताउँछन् ।

विज्ञहरूको अनुमानमा नेपालले छाडेका ७५ प्रतिशत गोही अहिले भारतका नदीमा छन् ।

यो सबैभन्दा बढी गङ्गा र त्यससँग जोडिएका अन्य शाखा नदीमै भएको अनुमान गरिन्छ ।

केही वर्षअघि भारतको गण्डक नदी (नेपालबाट बग्ने नारायणीलाई भारतमा गण्डक भनिन्छ)मा मात्रै २३९ वटा गोही भेटिएको विज्ञ खड्का सुनाउँछन् ।

प्रकाशित समय: मङ्गलबार ४ माघ, २०७८, ०८:१४:४८

सम्बन्धित खबर

Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८