संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।
आइतबार गरेको कोरोना परीक्षणमा मन्त्री आलेको रिर्पोट पोजेटिभ आएको हो ।
उनमा सामान्य लक्षण मात्र देखिएको र अरू स्वास्थ्य अवस्था सामान्य रहेको बुझिएको छ ।
प्रेस संयोजक बिमल बिष्टले जानकारी दिएअनुसार उनमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै आज हुने भनिएका सम्पूर्ण कार्यक्रम स्थगित भएका छन् ।