जबर्जस्ती करणीपछि हत्या आरोपमा प्रहरीले आमा र छोरालाई पक्राउ गरेको छ ।
बाराको आदर्श कोतवाल गाउँपालिका–८ का ४० वर्षीया शान्तिदेवी कानु र उनका २० वर्षीय छोरा सन्तोष साह कानुलाई प्रहरीले पक्राउ गरेको हाे ।
पक्राउ परेका आमा र छोरा उपर बालिकाकाे करणीपछि हत्या गरेकाे आरोप छ ।
कुखुरा फर्ममा पानी खान आएकी गाेठालाे बालिकलाई जबर्जस्ती करणी गरी हत्या गरेर नजिकै रहेको जमुनी खोलामा फालेको आरोप उनिहरुमाथि लागेको छ ।
मृतक बालिकाको शव प्रदेश प्रहरी कार्यालयबाट ल्याइएकाे तालिमप्राप्त कुकुरले मङ्सिर २७ गते भेट्टाएको थियो ।
बारा प्रहरीका अनुसार सन्ताेषमाथि बालिका करणी गरी हत्या गरेकाे र आमा शान्तिदेवीलाई प्रमाण लुकाएको आरोप छ । पक्राउ परेका दुवै जनालाई अदालतले पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न आदेश दिइसकेकाे छ ।