सिंहदरबारभित्रै मोसो, सुरक्षा संयन्त्रमा प्रश्नचिह्न !

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ३० पुस, २०७८
५ वर्षअघि

काठमाडौँ मेडिकल कलेज र नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्मालाई विद्यार्थीले सिंहदरबारभित्रै मोसो दले ।

शुक्रबार शिक्षा मन्त्रालयमा बसेको सर्वपक्षीय बैठकबाट बाहिरिनेक्रममा विद्यार्थीले मोसो दलेका हुन् ।

नेकपा (एस) निकट अनेरास्ववियुका उप महासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनको नेतृत्वमा रहेको पाँच जनाको विद्यार्थीको समहूले मन्त्रालय परिसरमै उनीमाथि मोसो दलेका हुन् ।

शर्मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भएको बैठकमा सहभागी भएर बाहिरिएको थियो ।

मन्त्रालयमा चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिन नपाउने विषयमा छलफल भएको थियो ।

पाँच जनाको समूहमा शिक्षा मन्त्रालयको गेटमा पुगेका उनीहरूले सुरुमा शर्मालाई ‘नमस्कार सर’ भनेका थिए ।

त्यसपछि उनीहरूलाई नमस्कारको प्रत्युत्तर पनि दिन नपाउँदै शर्मामाथि मोसो दलिएको थियो ।

मोसोले अनुहार पोतिएर शर्मा कालै भएका थिए ।

त्यसपछि उनी मन्त्रालयकै बाथरुममा मुख धोएर सिंहदरबारबाट बाहिरिएका छन् ।

उनीमाथि मोसो दल्ने पाँच जना विद्यार्थीलाई प्रहरीले तत्कालै पक्राउ गरेको छ ।

तर, सिंहदरबार उच्च सुरक्षा सतर्कता अपनाइएको क्षेत्रमा दलिएको मोसोले सुनील शर्मालाई मात्र दाग लगाएन हाम्रो प्रशासनिक र सुरक्षा संयन्त्रको अनुहारमा दाग लगायो ।

सिंहदरबार परिसरभित्रै मोसो दलेपछि हाम्रो सुरक्षा संयन्त्रमाथि प्रश्नचिन्ह उठेको छ ।

सिंहदरबारलाई उच्च सुरक्षा सतर्कता अपनाइएको क्षेत्रमा लिइन्छ ।

गृह मन्त्रालयले २ दिन अगाडि (पुस २८) मा एक सूचना जारी गर्दै सिंहदरबार परिसर प्रवेश गर्न यसअगाडि जारी गरिएका सबै स्थायी/अस्थायी पास बन्द गरेको जनाएको थियो ।

पास बन्द भएको अवस्थामा पनि सिंहदरबार भित्र पुगेका विद्यार्थीहरूले कडा सुरक्षाबीच पनि मोसो दल्न सफल भएपछि सुरक्षा संयन्त्रको अनुहारमा दाग लागेको विश्लेषण गर्न थालिएको छ ।

प्रकाशित समय: शुक्रबार ३० पुस, २०७८, २१:५८:१५

सम्बन्धित खबर

‘कांग्रेसको झोले हुँ भनेर छाती पिट्न सक्ने गर्विलो पार्टी बनाउँछौँ’

शनिवार २३ साउन, २०८३
१६ घण्टाअघि

बैंककमा १४ वर्षीय किशोरको गोली प्रहारबाट ८ जनाको मृत्यु

शनिवार २३ साउन, २०८३
१७ घण्टाअघि

३० वर्षदेखि सगरमाथामा रहेको ‘ग्रीन बुट्स’को शव घर फर्काइँदै

शनिवार २३ साउन, २०८३
१८ घण्टाअघि

सरकारसँग रमेश प्रसाईंको प्रश्न, जनतालाई लाइनमुक्त बनाउने वाचा कहाँ गयो ?

शुक्रबार २२ साउन, २०८३
२ दिनअघि

सम्पत्ति शुद्धीकरणमा चक्रे मिलनले पाए सफाइ

शुक्रबार २२ साउन, २०८३
२ दिनअघि

क्यान्सरसँगको लडाइँ कि उपचार खर्चसँगको हार? पराजुली दम्पतीको घटनाले उठायो गम्भीर प्रश्न

शुक्रबार २२ साउन, २०८३
२ दिनअघि
‘कांग्रेसको झोले हुँ भनेर छाती पिट्न सक्ने गर्विलो पार्टी बनाउँछौँ’
शनिवार २३ साउन, २०८३
बैंककमा १४ वर्षीय किशोरको गोली प्रहारबाट ८ जनाको मृत्यु
शनिवार २३ साउन, २०८३
३० वर्षदेखि सगरमाथामा रहेको ‘ग्रीन बुट्स’को शव घर फर्काइँदै
शनिवार २३ साउन, २०८३
सरकारसँग रमेश प्रसाईंको प्रश्न, जनतालाई लाइनमुक्त बनाउने वाचा कहाँ गयो ?
शुक्रबार २२ साउन, २०८३
सम्पत्ति शुद्धीकरणमा चक्रे मिलनले पाए सफाइ
शुक्रबार २२ साउन, २०८३
क्यान्सरसँगको लडाइँ कि उपचार खर्चसँगको हार? पराजुली दम्पतीको घटनाले उठायो गम्भीर प्रश्न
शुक्रबार २२ साउन, २०८३
भदौदेखि निर्णायक आन्दोलन गर्ने शिक्षक महासंघको निर्णय
शुक्रबार २२ साउन, २०८३
कांग्रेस सांसद् डा‍‍.चन्द्रमोहन यादव सदनमा मौन उभिने
शुक्रबार २२ साउन, २०८३
शनिबार पूर्वी नेपालका केही जिल्लामा १२ घण्टा विद्युत् अवरुद्ध
शुक्रबार २२ साउन, २०८३
राष्ट्रियसभा बैठक साउन २७ गते बस्ने
शुक्रबार २२ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०