सिंहदरबारभित्रै मोसो, सुरक्षा संयन्त्रमा प्रश्नचिह्न !

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ३० पुस, २०७८
२ वर्षअघि

काठमाडौँ मेडिकल कलेज र नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्मालाई विद्यार्थीले सिंहदरबारभित्रै मोसो दले ।

शुक्रबार शिक्षा मन्त्रालयमा बसेको सर्वपक्षीय बैठकबाट बाहिरिनेक्रममा विद्यार्थीले मोसो दलेका हुन् ।

नेकपा (एस) निकट अनेरास्ववियुका उप महासचिव महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनको नेतृत्वमा रहेको पाँच जनाको विद्यार्थीको समहूले मन्त्रालय परिसरमै उनीमाथि मोसो दलेका हुन् ।

शर्मा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भएको बैठकमा सहभागी भएर बाहिरिएको थियो ।

मन्त्रालयमा चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिन नपाउने विषयमा छलफल भएको थियो ।

पाँच जनाको समूहमा शिक्षा मन्त्रालयको गेटमा पुगेका उनीहरूले सुरुमा शर्मालाई ‘नमस्कार सर’ भनेका थिए ।

त्यसपछि उनीहरूलाई नमस्कारको प्रत्युत्तर पनि दिन नपाउँदै शर्मामाथि मोसो दलिएको थियो ।

मोसोले अनुहार पोतिएर शर्मा कालै भएका थिए ।

त्यसपछि उनी मन्त्रालयकै बाथरुममा मुख धोएर सिंहदरबारबाट बाहिरिएका छन् ।

उनीमाथि मोसो दल्ने पाँच जना विद्यार्थीलाई प्रहरीले तत्कालै पक्राउ गरेको छ ।

तर, सिंहदरबार उच्च सुरक्षा सतर्कता अपनाइएको क्षेत्रमा दलिएको मोसोले सुनील शर्मालाई मात्र दाग लगाएन हाम्रो प्रशासनिक र सुरक्षा संयन्त्रको अनुहारमा दाग लगायो ।

सिंहदरबार परिसरभित्रै मोसो दलेपछि हाम्रो सुरक्षा संयन्त्रमाथि प्रश्नचिन्ह उठेको छ ।

सिंहदरबारलाई उच्च सुरक्षा सतर्कता अपनाइएको क्षेत्रमा लिइन्छ ।

गृह मन्त्रालयले २ दिन अगाडि (पुस २८) मा एक सूचना जारी गर्दै सिंहदरबार परिसर प्रवेश गर्न यसअगाडि जारी गरिएका सबै स्थायी/अस्थायी पास बन्द गरेको जनाएको थियो ।

पास बन्द भएको अवस्थामा पनि सिंहदरबार भित्र पुगेका विद्यार्थीहरूले कडा सुरक्षाबीच पनि मोसो दल्न सफल भएपछि सुरक्षा संयन्त्रको अनुहारमा दाग लागेको विश्लेषण गर्न थालिएको छ ।

प्रकाशित समय: शुक्रबार ३० पुस, २०७८, २१:५८:१५

सम्बन्धित खबर

Gyeltshen
Gyeltshen: The most expensive player in the Nepali league
सोमबार १३ चैत, २०७९
आईबीडी
‘आईबीडी’काे पहिलाे अधिवेशन सम्पन्न, ११ सदस्यीय कार्यसमितिकाे नेतृत्वमा मल्ल
शनिवार ७ माघ, २०७९
उपसभामुख मगर
समाजसेवादेखि शुभारम्भ भएकाे उपसभामुख मगरकाे राजनीतिक उडान
शनिवार ७ माघ, २०७९
विमान दुर्घटना
विमान दुर्घटना अपडेटः ७२ यात्रुमध्ये ११ विदेशी, तीन बालबालिका, हालसम्म ३२ शव निकालियाे
आईतबार १ माघ, २०७९
साताका सात
साताका ७ तस्बिरः धनकुटादेखि डाेटीसम्म
शनिवार १६ पुस, २०७९
जेसिस
एभरेष्टले जित्याे २७औं संस्करणको अन्तरविद्यालय जेसिस टेस्टी टेस्टी हाजिरी जवाफ प्रतियोगिताको उपाधि
शनिवार १६ पुस, २०७९
पेले
अस्ताए फिफा प्लेयर अफ द सेन्चुरी ‘पेले’
शुक्रबार १५ पुस, २०७९
आहा रारा गोल्डकप
२२औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु, विजेताले १२ लाख पाउने
बिहिबार १४ पुस, २०७९
प्रथम अधिवेशन
प्रदेशसभाको अधिवेशन पुस १७ गते
बुधबार १३ पुस, २०७९
क्युएफएक्स सिनेमाजको विराटनगर
क्युएफएक्स सिनेमाजको विराटनगरकाे अफरै अफर
बुधबार १३ पुस, २०७९
फिलिपिन्स
फिलिपिन्सविरुद्ध जितको खोजीमा नेपाल
शनिवार ७ फाल्गुण, २०७८
पल शाह
नायक पल शाह प्रहरी नियन्त्रणमा !
आईतबार १५ फाल्गुण, २०७८
यी हुन् प्रदेश १ का १२ मन्त्रालय
मङ्गलबार १८ माघ, २०७८
बन्न नसकेका समाचार
शनिवार १ माघ, २०७८
केपी ओली
केपी ओलीको सुझाव : प्रदेश १ को नाम कोसी राखाैँ
शनिवार २१ फाल्गुण, २०७८
पलको बचाउ
पलको बचाउ गर्दै पूजाले भनिन् : उसको अनेकन् योगदान सम्झेर एउटा गल्ती बिर्सिनुपर्छ (भिडियो)
बुधबार ११ फाल्गुण, २०७८
नेपाली रकस्टार अमृत गुरूङ
गोठमा रमाउने रकस्टार अमृत गुरुङ !
मङ्गलबार ११ माघ, २०७८
सङ्क्रमण
प्रदेश १ मा कोभिड : सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त हुने धेरै
शनिवार १५ माघ, २०७८
राप्रपा नेपाल र एमालेले सहकार्य गर्ने सम्भावना
बुधबार २ चैत, २०७८
एसएस राजमौली
एसएस राजामौलीको ‘आरआरआर’ बाहुबलीकै लयमा
सोमबार १४ चैत, २०७८