नेपाली वैज्ञानिकहरूद्वारा निर्मित स्याटेलाइट ‘सानो स्याट–१’ अन्तरक्षिमा पुगेकाे छ ।
बिहीबार ९ बजेर १० मिनेटमा स्पेस एक्सकाे फाल्कोन–९ रकेटमार्फत गरिएकाे प्रक्षेपण सफल भएपछि सानो स्याट–१ काे अन्तरिक्ष यात्रा सम्भव भएकाे हाे ।
२ सय ५० ग्राम ताैल रहेकाे सानो स्याट–१ लाई ‘पकेट क्युब स्याट’ भनिन्छ । खल्तीमा अट्न सक्ने याे स्याटेलाइटमा नेपालकाे झण्डा समेत राखिएकाे छ ।
भक्तपुरस्थित ओरियन स्पेसले निर्माण गरेकाे सानो स्याट–१ निर्माण गरी अन्तरिक्षसम्म पुर्याउन ४० लाख रुपैयाँ खर्च भएकाे र दुई दर्जन बढी मानिसकाे संलग्नता रहेकाे ओरियन स्पेसले बताएकाे छ ।
२ वर्ष आयु रहेकाे स्याटेलाइटले मुख्यतः पृथ्वी कक्षमा हुने गामा रेडिएसनकाे मात्रा नाप्ने र सर्ट म्यासेज रिले गर्ने काम गर्छ ।
ओरियन स्पेसले सामाजिक सञ्जालमा फाेटाे सेयर गर्दै सानो स्याट–१ ले काम गरिरहेकाे बताएकाे छ ।