डेनमार्कमा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टबाट १८ जनाको मृत्यु भएको छ ।
गत नोभेम्बरको अन्तिमदेखि डिसेम्बर महिनाको अन्तिमसम्म ओमिक्रोनबाट १८ जनाको मृत्यु भएको जानकारी गराइएको छ । सोहि अवधी वा २१ नोभेम्बर देखि २८ डिसेम्बरसम्म एक लाख २७ हजार एक सय २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ५५ हजार ६ सय ९१ जना ओमिक्रोन सङ्क्रमित थिए ।
साथै, एक सय जनाको मृत्यु अन्य भेरिएन्टसँग सम्बन्धित रहेको जनाइएको छ । ओमिक्रोनको भएपछि अस्पतालमा भर्ना हुने जोखिम डेल्टा भेरिएन्टको लगभग आधा मानिन्छ ।
आज सम्म, डेनमार्कले ५७ हजार एक सय २५ जनामा ओमिक्रोन बाट सङ्क्रमण भएको रेकर्ड गरेको छ । यहाँ डिसेम्बर २८ देखि लिएका सबै पोजिटिभ रिजल्ट आउने नमूनाहरूको लगभग ९० प्रतिशत ओमिक्रोन भेरिएन्ट भएको अनुमान गरिएको छ ।