फाइजरका खोप लगाउनका लागि आवश्यक सिरिन्ज नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले जनाएको छ ।
महाशाखा अन्तर्गतको आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले मङ्गलबार सिरिन्ज आइपुगेको जानकारी गराएका हुन् ।
खोपका लागि आवश्यक पर्ने घोलक गत बुधबार नै आइसकेको हुनाले खोप अभियान छिट्टै सुरु हुने उनले बताएका छन् । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि आवश्यक सिरिन्ज आएको हो ।
कोभ्याक्समार्फत नेपालमा ६ लाख ६४ हजार पाँच सय ६० डोज फाइजर खोप आएको थियो । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन सुरु गरिए पनि घोलक र सिरिन्ज अभावका कारण खोप अभियान स्थगित भएको थियो ।