प्रधानमन्त्री देउवा आज धरान आउँदै, धरानभरि सार्वजनिक बिदा

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २० पुस, २०७८
५ वर्षअघि

प्रधानमन्त्री शेरबहादुर देउवा एक दिने भ्रमणमा मङ्गलबार (आज) धरान आउने भएका छन् । दोस्रो पटक नेपाली काङ्ग्रेसकाे सभापतिमा निर्वाचित भएयता यो उनको पहिलो औपचारिक कार्यक्रम हो ।

धरान विधिवत् नगरपालिका घोषणा भएको ६१औँ वर्ष पूरा भएको अवसरमा पुस २० देखि २२ सम्म धरान स्थापना दिवस ‘धरान डे’ को उद्घाटन गर्न उनी धरान आउन लागेका हुन् । उनले धरानमा आधा दर्जनजति कार्यक्रममा सहभागिता जनाएर आजै काठमाडाैँ फर्किने छन् ।

उनी १० बजे धरान आइपुग्ने धरान उपमहानगर प्रमुख तिलक राईको सचिवालयले जनाएको छ । देउवाले धरान २ स्थित रहेको नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नं. १ को नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन गर्ने पहिलो कार्यक्रम तय भएको छ ।

त्यसपछि धरान ६ पानवारीमा रहेको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनामा बन्दै गरेको बसपार्कको अवलोकन गर्ने बताइएको छ ।

बसपार्क अवलोकनपश्चात् प्रधानमन्त्री देउवाले धरान १२ स्थित निर्माण भएको प्राविधिक शिक्षालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ भने दिउँसो १ बजे धरान स्थापना दिवसको औपचारिक कार्यक्रम धरान १२ स्थित पब्लिक हाइ स्कुलको प्राङ्गणमा उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

त्यही बाटोमा धरानको निर्माणाधीन बसपार्क रहेकाले त्यसको उपलब्धि जानकारी लिनको लागि समय मिलाइएको हो । बसपार्क अवलोकनपछि प्रमुख राईको निवासमा खानाको प्रबन्ध मिलाइएको छ ।

खानाकै समयमा सुनसरी काङ्ग्रेसका नेताहरूसँग भेटघाटको व्यवस्था मिलाइएको छ । खानापछि धरान महोत्सवमा सहभागी भएर प्रधानमन्त्री देउवा दिउँसो ४ बजे काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

यसैगरी, धरान स्थापना दिवसको अवसरमा उपमहानगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ । धरान डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको मेयरको सचिवालयले जनाएको छ ।

प्रकाशित समय: मङ्गलबार २० पुस, २०७८, ०८:०२:१८

सम्बन्धित खबर

अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो

शुक्रबार १९ भदौ, २०८३
९ घण्टाअघि

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
१ दिनअघि

भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह

बिहिबार १८ भदौ, २०८३
२ दिनअघि

दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी

मङ्गलबार १६ भदौ, २०८३
३ दिनअघि

आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने

मङ्गलबार १६ भदौ, २०८३
४ दिनअघि

केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा

मङ्गलबार १६ भदौ, २०८३
४ दिनअघि
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०